एमाले पार्टीका स्वर्गीय नेता जीवराज आश्रित : पत्नीलाई एमाले दियो तीन तले नयाँ घर

jibaraj-aashrt

काठमाडौं, १३ कात्तिक । एमाले पार्टीका स्वर्गीय नेता जीवराज आश्रित पत्नी माया ज्ञवालीलाई काठमाडौंको चावहिलमा ३ तले पक्की भवन बनाइदिएको छ ।

३ जेठ २०५० सालमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीसँगै चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा निधन भएपछि मायाले ३ दशकदेखि डेराको जीवन ब्यथित गर्दै आएकी थिइन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

 एमालेले ज्ञवालीलाई सहिदपत्नीका रुपमा सम्मान गर्दै ५५ लाख रुपैयाँको लगातमा ३ तले भवन बनाइदिएको हो । जसमा पार्टीको पहलमा ४० लाख रुपैयाँ र बाँकी रकम ऋणमा रहेको मायाले बताइन ।

यसमा तपाईको प्रतिक्रिया