यि हुन् लोकमानका कठपुतली बनेका र बनाइएकाहरू –जसले राज्यलाइ टेर्दैनथे

काठमाडौं, १३ कात्तिक । अख्तियार प्रमुख लोकमानसिंह कार्कीले अधिकारको गलत प्रयोग गर्दै भ्रष्टाचार तथा राज्यको ढुकुटीको दोहन गर्नेहरुको संरक्षण गरिरहेकाहरुका यतिबेला सातो गएको छ ।

भ्रष्टाचार रोक्नका लागी काम गर्ने अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख कार्की नै भ्रष्टाचारीहरुको संरक्षण गर्ने र मलजल गर्ने काममा लागेका थिए भन्ने समाचारहरु यसअघि नै सार्वजनिक भईसकेका छन् ।

मुख्यत आर्थिक रुपमा ठुला स्रोत रहेका परियोजना, संस्था, ठेक्कापट्टा लगायत टेण्डरमा समेत लोकमानले सिधैं हस्तक्षेप गर्नेगर्थे र उनले भनेका मानिसहरुलाई दिलाउने गर्थे ।

उनले यसका लागी एउटा टिम नै बनाएका थिए । सरकारी वा नीजि क्षेत्रमा समेत उनको यो टिमले लुटको धन्दा चलाई रहेका थिए । उनले निर्माण गरेको उक्त टिममा सरकारी कर्मचारी तथा नीजि क्षेत्रका विवादास्पद व्यापारीहरुसमेत थिए ।

नेपाल टेलिकम, आयल निगम, भन्सार विभाग, राजस्व र अनुसन्धान, सम्पत्ति शुद्धिकरण, अर्थका मुख्य कर्मचारीहरु, विभिन्न परियोजनाका प्रमुखहरुको नियुक्तिदेखि सरकारी टेण्डरहरुमा ठेक्का पार्ने सम्मको काममा कार्कीको निर्देशन तथा सल्लाहामा हुने गरेको थियो ।

नीजि क्षेत्रको एनसेल काण्डका मुख्य रचनाकार समेत यिनै कार्की थिए । व्यापारीहरु दीपक मलहोत्रा, दीपक भट्ट, रामेश्वर बोहोरा लगायतका मानिसहरु लोकमान बचाउ अभियानमा खुलेर लागेका मात्रै थिएनन् । भूकम्पको बेलामा भएको त्रिपाल घोटाला प्रकरण समेत कार्कीकै संलग्नतामा भएको थियो । दीपक मलहोत्रा उक्त त्रिपाल घोटला प्रकरणका मुख्य हर्ताकर्ता हुन् । नेपालमा सामसुङ फोन समेत विक्रि गर्दै आइरहेका यिनै मलहोत्राको कम्पनिले केही दिन अघि कार्कीको घरमा म्याद टाँस्न जाँदा कार्यालय राखेको र अवरोध गरेको भेटिएको थियो ।

भट्ट नेपाली सेना लगायतका सरकारी लजिष्टिक सामानका ठेक्का हाल्ने व्यक्ति हुन् । बोहोरा पनि लोकमानका भित्रिया मानिस हुन् । मिडिया र एयरलाइन्स उनको मुख्य पेशा भएपनि ठुला टेण्डर तथा नियुक्तिहरुमा यिनले हस्तक्षेप गर्ने आर्थिक डिल गर्ने काम गर्दथे ।

माथि उल्लेखित सरकारी तथा नीजि क्षेत्रका मानिसहरु कार्की आफैले हस्तक्षेप गरी कतिपयलाई नियुक्ति दिलाएका थिए भने कतिपयलाई आफ्नो शक्तिका आधारमा प्रभावमा लिएका थिए । यीनिहरूले आफुभन्दा माथिकालाई नटेर्ने, धम्क्याउने र सरुवा गर्नेसमेत गर्दथे । यिनै मानिसहरुको रिपोर्टका आधारमा कार्कीले सरकारी उच्चपदस्थहरुलाई प्रभावमा पार्दथे र नाजायज काम गर्दथे । अहिले यि मानिसहरु कार्की बर्खास्ती पक्का भएपछि आफु सुरक्षित रहिओस् भनेर विभिन्न शक्तिकेन्द्र धाउन थालेका छन् ।

हामी यि व्यक्तिहरुका बारेमा विस्तृत समाचार छिट्टै प्रकाशित गर्नेछौं । कोको थिए लोकमानको अलोकतान्त्रिक टिममा ? कसरी भ्रष्टाचार संरक्षण हुन्थ्यो र गरिन्थ्यो ? हामीले यसबारेमा खोज रिपोर्ट तयार गरेका छौं । सम्पुर्ण तयारी पुरा भएपछि हामी विस्तृत समाचार प्रस्तुत गर्नेछौं ।

यसमा तपाईको प्रतिक्रिया