संविधान संशोधनबारे अनौपचारिक छलफल गर्दै मोर्चा र : प्रचण्ड सरकार

morcha-sarkaar

फोटो फाइल

काठमाडौं, १३ कात्तिक । संविधान संशोधनका लागि मधेसी मोर्चाले दिएको छठ अघिसम्मको समयावधिमा प्रक्रिया अघि बढाउन सरकारले आन्तरिक छलफललाई तीव्र पारेको छ ।

संविधान संशोधनका लागि सरकारका तर्फबाट उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मोर्चाका नेताहरुसँगको छलफललाई तीब्र पारेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नियमित सम्पर्कमा रहेर निधिले मोर्चाका नेतासँग छलफल गरीगरहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको नीजि सचिवालयका अनुसार औपचारिकरुपमा बैठक बोलाएर छलफल चलाउँदा विवाद झन बल्झिने विगतका अनुभवका कारण औपचारिक भन्दा पनि अनौपचारिक छलफललाई तीब्र पारिएको हो । मोर्चाका नेता संघीय समाजवादी फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले आफूहरुले सरकारलाई छठसम्मको अल्टिमेटम दिएको जानकारी दिदै संविधान संसोधनको प्रक्रिया सुरु नभए आन्दोलन गर्ने तयारी भइरहेको बताए ।

एमाओवादी केन्द्रका नेता अग्नि सापकोटाले आफ्नो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संसोधनका बारे मोर्चासँगको छलफलमा रहेको बताए । मोर्चासँग संविधान संशोधन गर्ने बारेमा सहमति भएपछि मात्र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने तयारी सरकारको छ ।

यसमा तपाईको प्रतिक्रिया