राष्ट्रपति कार्यालय पछी एमालेले पनि गर्यो प्रचण्डको झुट पर्दाफास: आफ्नो गल्तिको दोष अरुलाई नलगाउन प्रचन्डलाई कडा चेतावनी

फाइल फोटो

फाइल फोटो

काठमाडौं, १३ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणमा सरकारले दिएको सार्वजनिक बिदाको विरोध गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक विदा दिने निर्णय प्रमुख दलहरुको सहमति र राष्ट्रपतिको आग्रहमा गरिएको बताइरहेका बेला शनिबार एमाले उपाध्यक्ष भीम रावलले बिदा दिने निर्णयमा एमालेसँग कुनै छलफल नभएको स्पष्ट पारे । यसबाट प्रधानमन्त्री प्रचण्डले आलोचना खेप्न नसकेर दलहरुको सहमतिमा विदा दिने निर्णय लिएको भनेर ढाँटेको प्रष्ट भएको छ ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा विदा दिने निर्णय गरेको भनी दोषारोपण गरेपछि यसअघि शुक्रबार साँझ राष्ट्रपति कार्यालयले उक्त आरोपको खण्डन गरिसकेको छ ।

सार्वजनिक विदाको विरोधमा उत्रिएको एमालेले कुटनीतिक मर्यादाभित्र रहेर अतिथि स्वागत गर्न पनि सरकारलाई सचेत गराएको छ । सरकारले दाबी गरेजस्तो बिदा दिने निर्णयमा पार्टीसँग कुनै छलफल नभएको जानकारी दिँदै एमाले उपाध्यक्ष रावलले भने– ‘हामीसँग यस विषयमा सरकारले छलफल गरेको छैन । देशैभर बिदा दिने निर्णयको विपक्षमा छौं ।’ उनले आफूले लिएको निर्णयको दोष अरुलाई नलगाउन प्रधानमन्त्रीलाई चेतावनी दिए ।

ट्राफिकका कारण बिदा दिने तर्कमा सत्यता नरहेको भन्दै रावलले काठमाडौंभित्र हुने भ्रमणमा किन देशैभर बिदा दिने भनी प्रश्न गरे ।

उता एमाले महासचिव इश्वर पोखरेल ले पनि आफ्नो फेसबुक स्ट्याटस मार्फत प्रचन्डको झुट पर्दाफास गर्दै  प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा यस किसिमका हचुवा , हलुका र ढटुवा काम कुराहरू किन भइरहेका छन् ? भन्दै प्रश्न खडा गरेका छन। साथै उनले यस्ता लज्जास्पद निर्णयलाई एमाले ले कदापि साथ् नदिने बताउदै सबैतिर बाट यस निर्णयको बिरोध गर्न समेत आग्रह गरेका छन ।

एमाले महासचिव इश्वर पोखरेल को स्ट्याटस जस्ताको त्यस्तै :

यसमा तपाईको प्रतिक्रिया