प्रचण्डलाई घेराबन्दीमा पार्दै पुर्व लडाकु सेना: आफुलाई लागेको ‘अयोग्य’को बिल्ला हटाइ ‘गणतन्त्रका योद्दा’ घोषणा गर्न सरकार संग माग

काठमाडौँ । बहिर्गमित जनमुक्ति सेनाले तत्काल आफूहरुमाथि लागेको अयोग्यको बिल्ला हटाउन माग गरेका छन् ।

देशमा आमूल परिवर्तनका लागि आफूहरुले ज्यानको बाजी थापेर मुक्तिको लडाई लडेको त्यस योगदानको कदर गर्नुपर्ने माग गरेका छन् । । उनीहरुले आफुमाथिको  अयोग्य पदावलीको प्रयोग गर्न बन्द गरी आफ्नो कदर गर्दै गणतन्त्रका योद्धा घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

जनमुक्ति सेनाका योद्धहरुले  एक विज्ञप्ति प्रकाशित गर्दै  बहिर्गमनमा परेका चार हजार ९ जनालाई जनसेना सरहको व्यवहार गरी उनीहरूका माग सम्बोधन गर्न आग्रह गरेका छन् । जसमा सुनिल लिम्बू, रमेश बसेल, सोमलाल घलान, प्रदीप कार्की, सम्राट, कोपिला किराँती तथा रश्मी गुरुङ  रहेका छन् ।

बाल सैन्यका लागि उनीहरूको शिक्षा पाउने विशेष अधिकार खोसिएकाले सरकारले उनीहरूको व्यवहारिक चासो सम्बोधन गर्ने गरी सामाजिक न्यायमा आधारित भएर एकमुष्ठ सामाजिक तथा आर्थिक कार्यक्रम बनाएर शिक्षा दिने काम गरियोस् भनी विज्ञप्तिमा उल्लेख गरिएको छ । ।

पक्राउ परेका बहिर्गमित जनसेना तत्काल बिना सर्त रिहा गर्नुपर्ने, घाइते, मानसिक रूपमा बिरामी र आघातमा परेका तथा अशक्तलाई सरकारले तत्काल औषधि उपचार, तथा विशेष आर्थिक सहयोग कार्यक्रम तत्काल ल्याउनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया