झापादेखि कञ्चनपुरसम्म मधेस थरुहट प्रदेश हुनुपर्छ : राजेन्द्र महतो

राजविराज, कात्तिक १३ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनका विषयमा सरकारसँग हुने वार्तामा आफूहरु गम्भीर भएर प्रस्तुत हुने बताएका छन् ।

सप्तरीको राजविराजमा शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले प्रधानमन्त्री पुष्पकमल दाहालसँग संविधान संशोधनका विषयमा टेलिफोनमा कुरा भइरहेको भन्दै आगामी वार्तामा गम्भीर भएर प्रस्तुत हुने बताएका हुन् ।

उनले सरकारसँगको वार्तामा आफूहरुले झापादेखि कञ्चनपुरसम्मको भूभागलाई मधेश/थरुहट प्रदेश हुनुपर्ने मागलाई प्रमुखताका साथ अघि सार्ने स्पष्ट पारे । झापादेखि नारायणीसम्म मधेस प्रदेश र नारायणीदेखि कञ्चनपुरसमम थरुहट प्रदेश हुनुपर्ने उनले बताए ।

मधेशी, आदिवासी, जनजातीका समस्या समस्या समाधान नभएसम्म स्थानीय निकायको निर्वाचन हुन नसक्ने दाबी गर्दै अध्यक्ष महतोले आन्दोलनरत पक्षका माग सम्बोधन गरी देशलाई निकास दिनुपर्ने बताए ।

यसमा तपाईको प्रतिक्रिया