सरकारको नेतृत्व गर्नेहरुको लाचारीले धुर्मुस–सुन्तली अघि सर्नुपर्ने अवस्था आयोः वैद्य

baidhe-mawadi
काठमाडौं, १३ कात्तिक ।
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले सरकारको नेतृत्व गर्ने दलहरुले जनताका काम प्राथमिकतामा राखेर नगरेकाले कलाकारहरुले बस्ती निर्माण गर्नुपरेको बताएका छन् ।
धुर्मुस सुन्तली फाउण्डेसनले मेलम्ची नगरपालिका ८ गिरानचौरमा निर्माण गरेको एकिकृत वस्तीको दृष्टान्त दिँदै अध्यक्ष बैद्यले कलाकारले बस्ती निर्माण गरेर हस्तान्तरण गर्दा पनि सरकारले जनताप्रतिको दायित्व पूरा गर्न चासो नदेखाएको बताए ।

 नेता सिपी गजुरेलको झुल्कँदो घाम नामक कथा संग्रहको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले मुलुकमा जनताले चाहे अनुसारको रुपान्तरण हुन नसकेको बताए । सरकारको नेतृत्वमा पुगेपछि दलहरुले जनताले गरेको बलिदान र त्याग बिर्सिएकाले मुलुकमा अपेक्षाकृत राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरण हुन नसकेको बताए ।

राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न रुपान्तरण आवश्यक रहेको उनको भनाई छ । कार्यक्रममा न नेता सिपी गजुरेलले भारतका राष्ट्रपति नेपाल भ्रमणमा आउँदा सार्वजनिक विदा दिने सरकारी निर्णय गलत भएको टिप्पणी गरे । नेता गजुरेलले लेखेको झुल्कँदो घाम कथा संग्रहमा १० वटा कथा संग्रहित छन् । सग्रहका अधिकांश कथाको परिवेश द्धन्द्धकालिन घटनाका छन् ।

यसमा तपाईको प्रतिक्रिया