हंगकंग इमिग्रेसन को पक्राउमा परेका बाबुराम भन्छन -“यो चीन सरकारको नेपाली माथिको ज्यादती हो, म चीन सरकारसंग यो घटनाको स्पष्टिकरण मागेरै छोड्छु”(हेर्नुहोस भिडियो)

हङकङ, १३ कात्तिक । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई सरकारले पूर्वप्रधानमन्त्रीको हैसियतमा दिएको कुटनीतिक राहदानी बोक्दैनन् ।

सर्वसाधारणले बोक्ने गरेको हरियो पासपोर्ट बोकेर चीनबाट हङकङ छिर्दै गर्दा अध्यागमनमा उनले आफ्नो पासपोर्ट दिएनन्, सर्वसाधारणले बोक्ने हरियो पासपोर्ट मात्र दिए । किनकी पासपोर्टमा प्रवेशाज्ञा थियो ।

चीनको ग्वान्झाओ भट्टराई दम्पत्ति । तस्बिर : भट्टराईको फेसबुकबाट

चीनको ग्वान्झाओ भट्टराई दम्पत्ति । तस्बिर : भट्टराईको फेसबुकबाट

तर अध्यागमनले केही नभनी अघोषितरुपमा जब एक घन्टासम्म उनलाई नियन्त्रणमा राख्यो, तब उनले आफ्नो देशको पासपोर्टमाथि गरेको अपमान सहन सकेनन् ।

शनिबार बिहान चीनको ग्वान्झाओबाट हङकङ छिर्ने क्रममा उनलाई हङकङ अध्यागमनले झण्डै एक घण्टा नियन्त्रणमा लिएर छाडेको हो ।

उनी चीन सरकार निकट संस्थाको निमन्त्रणामा उक्त संस्थाले ग्वान्झाओमा आयोजना गरेको सिल्करोड सम्बन्धी सेमिनारमा मन्तव्य दिएपछि पत्नी हिसिला र सहयोगी विश्वदीप पाण्डेसहित हङकङ छिर्दै दिए ।  ग्वान्झाओबाट रेलमा सेन्झेन हुँदै हङकङ आउन लाग्दा भट्टराईले अध्यागमनको त्यस्तो व्यवहार व्यहोरेका हुन् ।

उनले आफू र आफ्नो देशको पासपोर्टले व्यहोर्नु परेको अपमानको अनुभव चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ आएलगत्तै नेपाली महावाणिज्य दूताबासले आयोजना गरेको कार्यक्रममा सहभागीहरुसँग बाँढे । उनले भने, ‘हरियो पासपोर्ट देखेर मलाई अपमान गरियो । मैले नेपाली हरियो पासपोर्ट अपहेलित भएको सुन्दै आएको थिएँ, अहिले म आफैँले पनि अनुभूती गरेँ, आज म आउँदै थिएँ, हङकङको अध्यागमनमा आइपुगेपछि अपमानपूर्ण व्यावहार गरे ।’

उनले सुरुमा हङकङ अध्यागमनले सजिलैसँग छोडिदिन खोज्यो भन्ने ठानेको तर थाहै नदिई पीपुल इन कष्टडी एण्ड पीपुल अण्डर इन्भेष्टिगेसन भन्ने ग्रुपमा लगेको बताए । उनले भने, ‘मलाई राखिएको कोठाको सूचना पढेर नियन्त्रणमा परेको थाहा पाएँ । अनि हामीले पनि के गर्ला भनेर हेर्‍यौं, तर झण्डै एक घण्टा बित्न लागिसक्यो केही वास्ता गर्दैन । हामीलाई भर्चुअल कष्टडीमा राखेको जस्तो भयो त्यहाँ ।’

उनले कार्यक्रममा सहभागी नेपालीहरुसँग कुरा गर्दै भने ‘हामीले पहिले नै भिसा लिएका थियौँ,  भिसा लिइसकेपछि अध्यागमनमा त दर्ता गर्ने हो, आयो भनेर रेकर्ड राख्ने मात्र हो ।’  हङकङस्थित महावाणिज्यदूत कमलप्रसाद भट्टराईलगायत नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी कार्यक्रममा सम्बोधन गर्दै उनले अगाडि भने, ‘कि त भिसा नै दिनु हुँदैन, दिइसकेपछि अध्यागमनमा सामान्य प्रहरीले रोक्ने होइन । हरियो पासपोर्ट देख्ने बित्तिकै अपमान गरियो ।’

भट्टराईले भने, ‘एक घण्टा बित्न लागेपछि हामीले हङकङका नेपाली महावाणिज्यदूतलाई पनि सूचना गर्यौँ’, म आफैँले पनि तिमिहरूले खोजेको के हो भनेर कस्सिएपछि गल्ती भो गल्ती भो भने । के गल्ती भो भन्दा केही भन्दैनन् ।’

घटनाबाट आक्रोशित बनेका उनले भने, ‘सरी सरी भनेपछि ह्वाट डु यू मिन वाई सरी भनेर सोधेँ, तर सरी मात्र भने, त्यसपछि तिमिहिरूले नेपाली पासपोर्टलाई जे गर्यौ त्यो ठिक होइन भनेर हामी त्यहाँबाट आयौँ’ ।

कार्यक्रममा सहभागी महावाणिज्यदूतलाई उक्त कुरालाई गम्भीरतापूर्वक उठाउन आग्रह गर्दै उनले भने, ‘म पनि यसलाई गम्भिर ढंगले उठाउँछु, हरियो पासपोर्ट देख्ने बित्तिकै विधिवत ढंगले आएको व्यक्तिलाई अपमानित गर्न पाइँदैन ।’

हङकङ पुगेपछि भट्टराईले झण्डै एक घन्टा नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन् ।

भट्टराईले यस घटनालाई महात्मा गान्धीको दक्षिण अफ्रिका यात्राको दु:खद घटनाको सम्झना गराएको भन्दै फेसबुकमा स्टाटस लेखेका छन् ।

यसमा तपाईको प्रतिक्रिया