भारतीय राष्ट्रपति प्रणम मुखर्जीका लागि तीनवटा बुलेट प्रुफ गाडी भारतबाटै ल्याइने

bulet-gadi
कात्तीक   १४ भारतीय राष्ट्रपति प्रणम मुखर्जीले प्रयोग गर्ने बुलेट प्रुफ गाडी भारतबाटै आउने भएका छन् । स्रोतका अनुसार तीनवटा बुलेट प्रुफ गाडी हवाइजहाजमार्फत ल्याइनेछन् ।काठमाडौंसँगै जनकपुर र पोखरा भ्रमणमा जाँदा मुखर्जीका गाडी नै प्रयोग हुनेछन् ।  उनको टोलीमा करिब ७० जना हुने औपचारिक जानकारी आएको परराष्ट्र मन्त्रालयले जनाएको आजको नयाँ पत्रिकामा समाचार छ ।
तर शनिबार बेलुकासम्म भारतीय पक्षले नाम उपलव्ध गराएको छैन ।  मुखर्जीको बुधबार देखिको नेपाल भ्रमणमा सरकारले तीन घेराको सुरक्षा योजना बनाएको छ ।मुखर्जीको सुरक्षामा नेपाली सेनाको कमाण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिनेछन् ।

यसमा तपाईको प्रतिक्रिया