पूननिर्माण तथा रेलवे लाइनमा भारतमै सम्झौता गर्न चाहन्थ्यो चीन

काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री दाहालले चिनियाँ पक्षले भारतमै नेपालसँग सम्झौता गर्न चाहेको खुलासा गरेका छन् । उनका अनुसार भारतको गोवामा पुननिर्माणसम्बन्धी सहयोग र सडक रेलवे लाईन सँग सम्बन्धित पूर्वाधार निर्माणका विषयमा सम्झौता गर्न चिनियाँ पक्षले जोड दिएको बताए ।
आजको अन्नपूर्ण पोष्टमा खबर छ – ‘नेपाल र चीनबीच हुने सम्झौता कि त नेपालमै गर्नुपर्छ कि त बोइजिङमा गर्नु राम्रो हुन्छ भनेर त्यहाँ सम्झौता गरिएन , प्रधानमन्त्री दाहालले भने । चिनियाँ राष्ट्रपति सि जिनपिङलाई डिसेम्बरभित्रै नेपाल भ्रमण गर्न आफुले लिखित प्रस्ताव राखेको पनि प्रधानमन्त्री दाहालले बताए । तर राष्ट्रपति सी ले डिसेम्बर भित्र सम्भव नहुने र अर्को वर्ष हुन सक्ने जनाउ दिएको पनि दहालले बताए ।

‘चिनियाँ राष्ट्रपतिलई समेसम्म डिसेम्बर सम्म ल्याउने भनेर हामीले प्रतिनिधिमण्डल तहको छलफलमा लिखिल रुपमा राखेकै थियौ। राष्ट्रपतिले म आउँछु तयारी गरेर आउँछु भन्नुभएको हो । मसँग एक्लै कुरा हुँदा पनि म आउँछु । यही वर्षभित्रै त भन्न सक्दिन अर्को वर्ष लाग्न पनि सक्छ भन्नुभएको छ । हामी तयारी गर्दैछौ ।

यसमा तपाईको प्रतिक्रिया