प्रवासमा बस्ने नेपालीहरुलाई निराश नहुन पुर्वप्रधानमन्त्री खनालको आग्रह

कात्तीक १४ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेपालमा सम्भावनाको ढोका खुल्ने क्रममा रहेको भन्दै प्रवासमा रहेका नेपालीहरुलाई निराश नहुन आग्रह गरेका छन् ।
जापान भ्रमणमा रहेका खनालले एमाले निकट प्रवासी नेपाली मंच जापानले आयोजना गरेको कार्यक्रम उनले नेपालमा प्रचुर प्राकृतिक स्रोत र साधन भएकोले विकासको सम्भावना रहेको बताए ।
पुर्वप्रधानमन्त्री खनालले विश्वको सबै भन्दा चम्किलो हिमाल मनास्लु हेर्न पनि विदेशी पर्यटकहरु लालायित हुने बताउदै उनले ६५ करोड भन्दा बढी बुद्धिस्ट चिनमा भएका धर्मालम्वीहरुलाई नेपाल भ्रमणमा आकर्षित गर्न सकिएमा पनि आर्थिक लाभ हुने बताए ।
उनले  पर्यटनको विकास गर्नलुम्विनिमा सिधै जाने अन्तरराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गर्न सकेमा एशिया प्रान्तका चीन लगायत जापानी बौद्ध धर्मालम्वीहरुलाई पनि नेपाल आउन लालायित हुने बताए ।
खनालले नेपालमा लगानीको वतावरण बनेकोले त्यसका लागि तयार रहन पनि आग्रह गरे ।

यसमा तपाईको प्रतिक्रिया