एमाले माओवादीले आफ्नै पार्टीमा रहेका चोरहरु जोगाउन लोकमानलाई महाअभियोग प्रस्ताव ल्याए : बाबुराम भट्टराई

baburam-2

काठमाडौं, १४ कात्तिक । नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले प्रमुख दलहरुले अख्तियार प्रमुखलाई कारवाही गरेर आफु भित्रका ‘चोर’ बचाउन लागेको आरोप लगाएका छन् ।

 अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्ध प्रमुख दुई दल एमाले र माओवादीद्धारा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको प्रसंग कोट्टाउदै भट्टराईले यस्तो बताएका हुन् । हङकङमा रहेका नेपालीहरुवीचको आइतवार भएको अन्तक्रियामा बोल्दै भट्टराईले भने, ‘अहिले लोकमानलाई देखाएर हजार चोरहरु बच्न खोजेका छन् । ठीक छ, लोकमानलाई कारवाही गर, तर लोकमानलाई देखाएर हजार चोरहरु बच्नु भएन ।’

नेता भट्टराईले अख्तियार प्रमुख कार्कीमाथि कारवाहीसँगै यस अघि अख्तियराले अगाडि बढाएका राजनीतिक नेतृत्वमाथिको भ्रष्टाचारको मुद्दा पनि अगाडि बढ्नुपर्ने बताए । कार्कीले राजनीतिको नेतृत्वमाथि भ्रष्टाचार मुद्दा चलाउन थालेपछि उनीमाथि महाअभियोग प्रस्ताव ल्याइएको बहस भैरहेका बेला भट्टराईको यस्तो अभिव्यक्ति आएको हो । उनले व्यक्ति भन्दा संस्था बलियो हुनुपर्ने पनि बताए ।

यसमा तपाईको प्रतिक्रिया