“कुशल ड्राइभर नहुदा नयाँ ड्राइभर आयपछी यो देश तीन महिना देखि ब्याक गियरमा चल्दैछ”- ओलिले तिहारको मुखमा प्रचन्डलाइ यसरी हाने कडा झटारो

kp thailyand
भक्तपुर,१४ कात्तिक ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बितेको तीन महिनादेखि नेपाल अगाडी बढ्न नसकेको बताएका छन् ।

 नेकपा एमाले मध्यपुर नगर समन्वय कमिटीले आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै ओलीले भने ‘तीन महिनाको समयमा मुलुक निकै अगाडी बढ्नु पर्नेमा ब्याक गियरमा संचालन भयो । ’ ओलीले आफ्नो नेतृत्वमा सरकार हुदाँ घोषणा गरेका विकासका कार्यक्रमले मुलुकलाई अगाडी बढाउने निश्चित भएपनि विरोधीहरुले विकास नचाहेको आरोप लगाए ।

मुस्ताङको युरोनियम खानी, दैलेखको ग्यास र नवलपरासीको फलामखानीको उत्खनन्पछि मुलुकको मुहार फेरिने कुरा पक्का भएको ओलीको दाबी छ ।
आफ्नो पार्टी भएसम्म कसैले नेपाललाई पछाडी धकेल्न नसक्ने बताउदै ओलीले जनतालाई एमालेको विश्वासमा ढुक्क हुन आग्रह गरे ।

संसारका विभिन्न देशमा शान्ति स्थापनामा नेपालीहरुको योगदान भएको स्मरण गर्दै ओलीले अब नेपालमै दिगो शान्ति निमार्णको लागि लाग्नु पर्ने बताएका छन् ।
कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य परशुरमेघी गुरुङ, सानु कुमार श्रेष्ठ, केन्द्रिय सदस्य कृष्ण गोापल श्रेष्ठ, मध्यपुर नगर कमिटी संयोजक मदन श्रेष्ठ लगायतले मुलुकलाई सम्ंवृद्ध बनाउन सबैले एकजुट हुनुपर्ने धारणा व्यक्त गरे ।

यसमा तपाईको प्रतिक्रिया