“एमालेसंग बिग्रिएको सम्बन्ध सुध्रियो अब तिन वटै चुनाब समयमा नै गराउछु”- प्रचण्ड

काठमाडौं, १४ कात्तिक–प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको वर्तमान सरकार तीनवटै निकायको निर्वाचन समयमै सम्पन्न गर्नेगरी लागिपरेको बताएका छन् । पत्रकारहरुको देउसी–भैलो टोलीसँग आफ्नै निवासमा कुरा गर्दै प्रधानमन्त्री दाहालले सरकार तीन वटै निकायको चुनाव गर्न केन्द्रित भएको बताएका हुन् ।

उनले सरकारले संविधानको सर्वस्विकार्यता र राष्ट्रिय एकतामा समेत जोड दिएको बताए ।  ‘संविधान संशोधनको लागि मैले अहोरात्र खटेर काम गरिरहेको छु, साथै तीन वटै निकायको चुनाव समयमै गर्नेगरी सरकारले काम गरिहेको छ,’ उनले भने, ‘यसको लागि मैले विशेष पहलकदमी लिएको छु।’

प्रधानमन्त्री दाहालले सत्ता पक्ष र प्रतिपक्षवीचको तिक्तता हट्दै गएकोले देशमा निर्वाचन हुने वातावरण बनेको समेत दाबी गरे ।  ‘अहिले जुन खालको सत्ता पक्ष र प्रतिपक्षवीच समझदारी बन्दै गएको छ, यो अत्यन्तै सकारात्मक हो, अब मुलुकमा निर्वाचन हुने वातावरण बन्यो ।’ उनको भनाई थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा देउसी खेल्न पुगेका पत्रकारको टोलीसँग प्रधानमन्त्री दाहाल केहिबेर नाचेका थिए ।

यसमा तपाईको प्रतिक्रिया