नारायणकाजीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपुत्रको ‘इन्काउन्टर’

narayan_k_shrestha
कातीक १४ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको अभिव्यक्तिप्रति कडा असन्तुष्टी जनाएका छन् ।
प्रचण्डले आफ्ना भाइ नारायण दाहाललाई प्रशासनिक सल्लाहकारमा नियुक्त गरेपछि फेसबुकमार्फत त्यसको विरोध गर्ने श्रेष्ठलाई प्रकाशले झटारो हानेका हुन् ।
भाइ नियुक्ति गरेको विषयमा श्रेष्ठले शनिबार फेसबुकमा स्टाटस लेख्दै पार्टी केन्द्रीय सचिवालय सदस्यसमेत रहेका दाहाल नभई नारायण दाहाल नाम गरेको कोही पूर्ववरिष्ठ प्रशासक वा दक्ष प्रशासनविद हुनुपर्ने भन्दै खिल्ली उडाएका थिए ।
त्यसको अर्को दिन आइतबार प्रचण्डका स्वकीय सचिवसमेत रहेका प्रकाशले चित्त नबुझेको कुरा सम्बन्धित ठाउँमा राख्न आग्रह गर्दै फेसबुकमा नेता नहुन सुझाएका हुन् । उनले लेखेका छन्, ‘कमरेडहरु केही कुरा चित्त बुझेन भने सिधै सम्बन्धित ठाउंमा राख्नुस् । के हामी फेसबुकका मात्र नेता हौँ र ?’
यसअघी पनि प्रकाशले श्रेष्ठलाई चित्त नबुझे पार्टीभित्र छलफल गर्न सुझाएका थिए ।

यसमा तपाईको प्रतिक्रिया