रामचन्द्र पौडेललाई मंच बाटै प्रचण्डको चेतावनी- “प्रधानमन्त्री त बन्नुस अनि थाहा हुन्छ सिस्नुपानिले कसरि पोल्नेछ तपाईलाई”

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री भएपछि सिस्नो पानीले पोल्छ पोल्दैन भन्ने थाहा हुने बताएका छन् । आइतबार राजधानीमा ‘सिस्नुपानी नेपालले’ आयोजना गरेको देउसी कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई सिस्नो पानीले नपोल्ने बताए पछि त्यसको जवाफमा दाहालले प्रधानमन्त्री भएपछि थाहा हुने बताएका हुन् ।
पौडेलले आफ्नो छाला पातलो भए पनि सिस्नु पानीले नपोल्ने बताए । जवाफमा प्रधानमन्त्री दाहालले भने, “मलाई सिस्नुले पोल्दैन त भन्नु भयो प्रधानमन्त्री भएपछि थाहा पाउनु हुनेछ । अझ दोहोर्याएर हुँदा प्रस्टै हुन्छ ।”
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले निर्वाचन चाहेको भन्दै तत्काल निर्वाचनमा जाने वातावरण बनाउन सरकारसँग आग्रह गरे । उनले संविधान कार्यान्वयनमा जोड दिए ।

यसमा तपाईको प्रतिक्रिया