“हजारौ लोकमान हरुले हारुन तर लोकतन्त्र कहिल्यै हार्नु हुन्न”- एमाले सचिब योगेश भट्टराइ

१४ कात्तिक । एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले लोकतन्त्रमा लोकमानले हार्दा केही नहुने भन्दै लोकतन्त्रको जित अनिवार्य भएको बताएका छन् । नेकपा(एमाले) सिन्धुली–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘जनताको रगत र पसिनाबाट प्राप्त लोकतन्त्रमा हजार लोकमानले हारेपनि लोकतन्त्रले हार्नु हुँदैन,’ उनले भने, ‘लोकमानलाई महाअभियोग लगाउने प्रस्ताब पारित गर्न मुलुकका सबै दल एक ठाउँमा उभिनुपर्छ ।’

उनले राजनीतिक दलहरुको एकताकै जगमा संविधान जारी भएको भन्दै संविधान कार्यान्वयनका लागि स्थानीय निकायसहित सबै तहको निर्वाचन सम्पन्न गर्न पनि सबै दल एकै ठाउँमा हुनुपर्ने बताए ।

भट्टराईले एमाले संविधान संशोधनको विपक्षमा नभएको भन्दै औचित्यका आधारमा मात्र अघि बढ्न सकिने बताए । कार्यक्रममा सांसद् गणेश पहाडी, लगायतले पनि बोलेका थिए । मञ्चले ‘ऋषि देवकोटा ‘आजाद’ स्मृति पुस्तकालय निमार्ण’का लागि देउसी–भैलो खेलको बताएको छ ।

यसमा तपाईको प्रतिक्रिया