लक्ष्मी जयन्तीको अवसरमा कोहलपुरमा कथाकार रामलाल जोशीलाई अभिनन्दन

कोहलपुर १५ कार्तिक | १०८ औं लक्ष्मी जयन्तीको अवसरमा कथाकार रामलाल जोशीलाई अभिनन्दन तथा उनको कृतिमाथि कोहलपुर परिचर्चा गरिएको छ ।

सुदुरका विषयबस्तुहरुलाई आफ्नो कथामा उठाएकाले र २०७२ सालको मदन पुरस्कार पाएकोमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले उनलाई सम्मान गरेको हो । अहिलेको चरम अभाव र मानिसहरुको स्वभावलाई रामलाले राम्रोसँग उठाउन सफल भएको प्रतिष्ठानका सल्लाहकार सागर गैरेले बताए ।

 कार्यक्रममा कथाकार, नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव सनत रेग्मीले रामलालको कथाले सुदूर र मध्यपश्चिमको परिवेशलाई बोकेको बताए । दर्जन बढी स्रष्टाहरुको जिज्ञासाहरु मेट्दै कथाकार रामलालले यौनका विषयबस्तुलाई आफुले अभाव र सन्देशमुलक रुमपा उठाएको दाबी गरे । उनले अझै पनि राम्रोसँग आन्चलिकतालाई उठाउन नसकेको स्वीकार गरे । कार्यक्रममा बुक हिलका प्रकशक भुपेन्द्र खड्का, पवन आचार्य, प्रगतिशील लेखक संघ बाँके अध्यक्ष मणि अर्याल, साहित्यकारहरु पुर्मल बस्नेत, ओम प्रकाश पुन, बासुदेब पाण्डे प्रभाकार, सन्तोषि बिष्ट लगायत सयभन्दा बढी साहित्यिक स्रष्टाहरुको उपस्थिती रहेको थियो ।

आफु र अरुलाई पनि हौसला होस् भनी कोहलपुर घर भइ इजरायलमा बस्ने दीपक क्षेत्री र सुर्य बस्यालले कार्यक्रमका लागी आर्थिक सहयोग गरेकोमा कथाकार रामलाल भाबुक भए । आफुले यो पसिनाको मुल्य कसै गरि पनि तिर्न नसक्ने बताए ।

यस्ता कार्यक्रमहरुले पश्चिमको साहित्यमा अझै निखार ल्याउने प्रतिष्ठानका सचिव कपिल अन्जाले जानकारी दिए । ऎना कथा संग्रहलाई बुक हिल पब्लिकेसनले बजारमा ल्याएको हो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको फोटो :

1

14826213_1306209769397287_1261343378_n-copy14826429_1306210592730538_593774110_n14872496_1306212986063632_474057528_n-copy14872552_1306210439397220_1227930346_n-copy14875423_1306209439397320_655933120_n14877194_1306213059396958_1159651681_n-copy

14877896_1306209829397281_247068917_n

यसमा तपाईको प्रतिक्रिया