भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणले हामीलार्इ नयाँ उचाईमा पुर्याउछः राजदुत दिपकुमार उपाध्याय

काठमाडौं, १५ कार्तिक । भारतका लागि नवनियुक्त नेपाली राजदुत दिपकुमार उपाध्यायले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपालको कुटनीतिलाई नयाँ उचाईमा पुर्याउने विश्वाश व्यक्त गरेका छन ।

आईतबार रिपोर्टर्स क्लबले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा बोल्दै नवनिुयुक्त राजदुत उपाध्यायले भने–‘नेपाललाई गहिराईका साथमा चिन्ने मित्रराष्ट भारतमा नेताहरुपनि थोरै हुँदै गएको देखिन्छन, मलाई आज अपार खुशी लागकेको छ, उहाँको भ्रमणले नेपालको कुटनीतिलाई थप उचाईमा पुरयाउन मद्दत पुग्छ, हामीले नेपाली जनताहरुको पनि उत्साह देखेका छौं, यो एकदमै राम्रो कुरा हो ।’

राजदुत उपाध्यायले आगामी दिनमा नेपाललाई कसरी फाईदा पुग्छ भन्ने कुरामा ध्यान दिनुपर्ने भज्दै उनले अघि थपे–‘द्धिपक्षीय उच्च भ्रमणले सम्बन्ध प्रगाढ बनाउँछ, हाम्रोपनि राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा छिट्टै जाँदै हुनुहुन्छ, यसले गर्दा द्धिपक्षीय नेपाल–भारत सम्बन्ध अत्यन्तै प्रगाढ बन्छ ।’

उनले संविधान कार्यान्वयनमार्फत नेपालमा दिगो शान्ति, राजनीतिक स्थिरता र आर्थिक समृद्धिको मुल एजेण्डामा अघि बढ्नको लागि मित्रराष्ट्र भारतको अत्यन्तै ठूलो सहयोगको आवश्यकता रहेको औंल्याए ।

हामीले शान्त, मर्यादित र परिणामुखी कुटनीतिबाट छिमेकीसँगको सम्बन्धलाइ अगाडि बढाउनुपर्छ, यसको लागि मेरो भरमग्दुर प्रयास रहनेछ,उनले भने ।

पछिल्लो समय दुवै देशले सम्बन्ध प्रगाढ बनाएर लैजानुपर्ने गम्भिर महशुस गरेको उल्लेख गर्दै उनले भने,‘हार्ने खेल खेलेर न भारतलाई फाईदा हुन्छ, न त नेपाललाई, त्यो कुराको महशुस अहिले दुवै देशले गरेका छन् ।’
उनले भने,‘खासगरी समुन्नत भारत र समुन्नत चीनको वीचमा नेपाल छ, गरिब राष्ट्रको रुपमा रहिरहनु दुवै देशलाई फाईदा छैन् ।’

राजदुत उपाध्यायले भने–‘ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी र विदेशमन्त्री सुष्मा स्वराजको बक्तव्यमा धेरै लचकता हुन्छन, तर हामी आफैले कबुल गरेका कुराहरु, नेपालभित्र भनेका कुराहरु, अझैपनि कतै केही छ कि भनेर बसेका छौं । हामीले यो प्रोसेलाई अघि बढाउने साथै संविधान संशोधनको प्रक्रिया अघि बढाएपछि कस्तो भन्ने उहाँहरुको एजेण्डा हुँदैन, त्यो हाम्रो एजेण्डा हो । उहाँहरूले पनि संविधान स्वीकार गर्नुहुन्छ ।

उनले संविधान कार्यान्वयनको लागि प्रमुख दलहरु मिल्नुको विकल्प नभएको बताएका छन् । उनले भने,‘अहिलेपनि नमिल्ने हो भने, समयमै तीन तहकमो निर्वाचन गर्न सकेनौं भने हामीले संविधान कार्यान्वयन गर्न सक्दैनौं र हामी प्रथम संविधानसभाको अवसान भएको ठाउँ जहाँ थियौं त्यहीँ पुगेर दुष्चक्रमा पर्न सक्छौं ।’

यसमा तपाईको प्रतिक्रिया