भारतबाट जोगीहरुले राजतन्त्र राख्ने कुरा गर्दैछनः केपी ओली

काठमाडौं,१५ कार्तिक । पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको राजनीतिलाई प्रतिगमनतर्फ फर्काउने खेल भएको टिप्पणी गरेका छन ।

वनकालीमा भएको विश्व हिन्दु महासंघको कार्यक्रमप्रति लक्षित गर्दै अध्यक्ष ओलीले जनताले फालेका ‘आउट डेटेड’ राजतन्त्रलाई फर्काउने प्रयासमा सांस्कृतिक हमला सूरू गरिएको बताएका हुन ।

ओलीले भने,–‘विचरा जोगीहरु कुन जमानामा रहेछन्, ८ वर्ष अगाडि राजतन्त्र फालियो, यतिवेला राजा छँदैछन् भनेर महाराजाधिराज भन्छन् ।’

ओलीले भने– यहाँ फेरी ‘महाराजाधिराज, फेरि राजतन्त्र फर्किनुपर्‍यो, फेरि आशनमा फर्किनुपर्‍यो हामी साथमा छौं भनेर उल्क्याउने काम गरिरहेका छन् । जनताले फ्याँके, भारतबाट जोगीहरु आएर राजतन्त्र राख्ने कुरा गर्दैछन ।
पूर्वराजा ज्ञानेन्द्रप्रति आक्रमक रूपमा उत्रीदै उनले भने–‘अब जोगीका रुपमा गेरु बस्त्र, खरानी धसेको, लामो दाह्री पालेको जटाधाका आवरणमा नेपालको राजनीतिलाई प्रतिगमनतर्फ फर्काउने प्रयास भइरहेको छ । माहीहरू सजग हुन जरूरी छ’

यसमा तपाईको प्रतिक्रिया