कांग्रेसका सभापति शेरबहादु देउवालाई भारतमा ‘पिएचडी’ को मानार्थ उपाधि दिइने

sher-bahadur-deuwa-2-2

काठमाडौं, कात्तिक १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘पिएचडी’ को मानार्थ उपाधि पाउने भएका छन् ।

भारतको राजधानी नयाँ दिल्लीस्थित ‘जवाहरलाल नेहरु विश्वविद्यालय’ (जेएनयु)ले देउवालाई पिएचडीको मानार्थ उपाधि दिने भएको हो ।

नोभेम्बर ६ का दिन उनलाई उपाधि प्रदान गरिने जेएनयुले जनाएको हो । १२ औं नेहरु स्मृति प्रवचन कार्यक्रममा उनी सहभागी हुने बताइएको छ । विश्वविद्यालयकै सम्मेलन केन्द्रमा आयोजना हुने सो कार्यक्रममा देउवाले सम्बोधनसमेत गर्नेछन् ।

देउवाले एसियाली मुलुकमा लोकतन्त्र र विकासका बारेमा प्रवचन दिने कार्यक्रम रहेको हिन्दुस्तान दैनिकले जेएनयुस्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया