नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले भाइटीका लगाए

काठमाडौं, १६ कात्तिक । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले शुभसाइतमा भाइटीका लगाएका छन् ।

भाइटीकाको शुभ साइत ११ बजेर ५२ मिनटमा भट्टराईले आफ्नी बहिनीको हातबाट टीका लगाएका हुन् । बाबुरामसँगै उनका भाइले पनि टीका लगाएका छन् ।

टीका लगाइ सकेपछि बहिनीले दिएको मसला र रोटी भट्टराई दाजुभाइले ग्रहण गरेका छन् । उनीहरूले बहिनीलाई दक्षिण समेत दिएको आफन्तले जनाएका छन् ।

माओवादीको जनयुद्ध हुँदै नयाँ शक्ति पार्टी नेपाल गठन गरेर संगठनमा सक्रिय रहेका बाबुरामले दसैँमा पनि टीका लगाएका थिए ।

यसैवीच, टीकाको उत्तम साइतमा ११ बजेर ५२ मिनटमा भाइटीका लगाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया