आखिरी के गर्दो रहेछ सन्तानको धनले: सन्यासी भनिएका २५ हजार करोडका मालिक बालकृष्ण आचार्यका बाबु आजपनि स्याङजाको भीरपाखामा घाँसदाउरा गर्दै

 बालकृष्ण आचार्यका पिता जय बल्लभ आज पनि नेपालका गाउँमा घास काटिरहेका छन् । उता जय बल्लभका छोरा भारतमा २५ हजार करोडका मालिक बनिसकेका छन् ।balkrishna-jayaballav-650x474

हामी कुरा गर्दैछौं बाबा रामदेवका पतञ्जलि ग्रुपका सीईओ आचार्य बालकृष्णको । जो नेपाली मुलका भारतीय धनाढ्य हुन् । स्याङजा घर भएका बालकृष्ण सानैमा घरबाट भागेर भारत गएका थिए । सन् १९९५ मा हरिद्धारमा दिव्य फार्मेसीका रुपमा सुरु गरिएको पतञ्जलि ग्रुपका प्रमुखको हैसियतमा बालकृष्ण हालै फोर्ब्स पत्रिकाले निकालेको विश्वका धनीहरुको सूचीमा समावेश भएका थिए । जसको निजी सम्पत्ति २५ हजार करोड देखाइएको छ ।

बालकृष्णको जन्म ४ अगष्ट १९७२ मा भएको थियो । उनकी आमाको नाम सुमित्रादेवी र पिताको नाम जय वल्लभ हो । कहिले साइकल त कहिले स्कुटरमा घुम्ने बालकृष्ण आज ३५ लाखको रेञ्जरोवर चढ्छन् । बालकृष्ण अरबौं रुपैयाँको सम्पत्तिका मालिक हुन् ।

वर्षेनी कारोबार १० हजार करोड

लुंगी र कुर्ताको पोशाक लगाउने बालकृष्ण हाल वर्षेनी १० हजार करोड रुपैयाँको कारोबार गर्छन् । उनकी आमालाई जडीबुटीसँग खुब लगाव थियो जहिले पनि बालकृष्ण विरामी हुन्थे तब उनकी आमा जडीबुटीबाटै उनको उपचार गर्थिन् । आयुर्वेदलाई स्वास्थ्यको उपचार बनाउने बालकृष्णले ५० करोड रुपैयाँ ऋणबाट सुरु गरेको पतञ्जलिको वर्षेनी कारोबार अघिल्लो वर्ष १० हजार करोड रुपैयाँको कारोबार गरेको थियो । पतञ्जलिमा बालकृष्णको ९७ प्रतिशत शेयर रहेको बताइन्छ ।

२००६ मा भएको थियो पतञ्जलिको स्थापना

पतञ्जलिको स्थापना योगगुरु बाबा रामदेवको सहयोगबाट सन् २००६ मा गरिएको थियो, जसले जडीबुटीबाट स्याम्पूदेखि दन्तमजन (टूथपेष्ट)सम्म उत्पादन गर्नथाल्यो । पछिल्लो वर्ष ५ हजार करोड रुपैयाँको कारोबार आँकडा पार गरेको आयुर्वेदको यस साम्राज्यमा भलै बाबा रामदेवको कुनै हिस्सेदारी छैन्, यद्यपी यसका असली अनुहार उनै हुन् । दुबै मित्रको पहिलो भेट आजभन्दा ३० वर्षपहिले हरियाणाको गुरुकुलमा भएको थियो, जहाँ उनी पढ्ने र चाँडै एक अर्काको नजिक भए ।

(भारतीय सञ्चारमाध्यमको सहयोगमा)

यसमा तपाईको प्रतिक्रिया