भारतीय राष्ट्रपति मुखर्जीको सम्मानमा आज सार्वजनिक बिदा

pranab-mukharji
काठमाडौं, १७ कात्तिक । भारतीय राष्ट्रपति तीन दिने राजकीय भ्रमणमा आउने भएपछि सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी मध्यान्ह सवा १२ बजे काठमाडौं आउँदै छन् । उनको सम्मानमा सरकारले सार्वजनिक बिदा दिएको हो ।

यसअघि भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा सार्वजनिक बिदा दिइएको थिएन ।

भारतीय राष्ट्रपति १८ वर्षपछि नेपाल भ्रमणमा आउन लागेका हुन् । मुखर्जीलाई राष्ट्रपति विद्या देवी भण्डारीले विमानस्थल पुगेर स्वागत गर्ने कार्यक्रम छ ।

 

यसमा तपाईको प्रतिक्रिया