ट्वीटरमा ह्यासट्याग ‘भारतीय राष्ट्रपतिलाई स्वागत छैन’ भाइरल बन्दै भारतीय राष्ट्रपतिविरुद्ध

mukharji-aaja

काठमाडौं, १७ कात्तिक । भारतीय राष्टपति प्रणव मुखर्जी बुधबार नेपालको तीन दिने राजकीय भ्रमणमा आउँदैछन् । भारतीय राष्ट्रपतिको भ्रमणलाई सफल बनाउन सरकारले हरसम्भव प्रयत्न गरिरहेको छ ।

उनको स्वागत र सम्मानमा कमी हुन नदिने सरकारले प्रयत्न गरिरहँदा सामाजिक सञ्जालमा #IndianPresidentNotWelcome (भारतीय राष्ट्रपतिलाई स्वागत छैन) भन्ने ह्यासट्याग चलाइएको छ । सामाजिक सञ्जालमा उक्त ट्रेन्डिङ चर्चित बनेको छ ।

यसअघि गोरखाको बारपाक केन्द्र भएर शक्तिशाली भूकम्प गएकाबेला नेपाल आएका भारतीय मिडियाहरुले अतिरञ्जित समाचार सम्प्रेषण गरेको भन्दै भारतीय मिडियाविरुद्ध पनि समाजिक सञ्जालमा टेन्डिङ चलाइएको थियो । ‘गो ब्याक इण्डियन मिडिया’ भन्ने ह्यासट्याग भाइरल बनेको थियो ।

यसमा तपाईको प्रतिक्रिया