यी हुन् प्रवण मुखर्जीलाई खुला चुनौती दिने, जसको घरमा दुई पटक प्रहरीले छापा मार्‍यो

kalo-jhanda-mukharji-laai

काठमाडौं, १७ कात्तिक । ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपालको घरमा प्रहरीले छापामारेको छ ।

भारतीय राष्ट्रपति प्रवण मुखर्जीको नेपाल भ्रमणको विरोध गर्दै कालोझण्डा देखाउने तयारी गरेपछि प्रहरीले फणिन्द्र नेपालसहितका ग्रेटर नेपाल आवद्धहरूलाई धमाधम खोजी गरेको हो । फणिन्द्र नेपाल चाबहिलमा बसोबास गदर्छन् ।

‘मेरो घरमा दुई पटक प्रहरीले छापामारिसकेको छ’, संयोजक नेपालले भने, ‘मैले जसरी पनि प्रणव मुखर्जीविरुद्ध कालोझण्डा देखाउनु छ ।’ उनले आफूहरूको शान्तिपूर्ण कार्यक्रमलाई प्रहरी दमन भएको भन्दै विरोध पनि गरेका छन् ।

उच्चसुरक्षा सर्तकताका बाबजुद पनि ग्रेटर नेपालका संयोजक फणिन्द्रसहितका सदस्यले मुखर्जीलाई कालोझण्डा देखाउने तयारी गरेका छन् ।

 

यसमा तपाईको प्रतिक्रिया