नयाँ दिल्लीमा आतंककारी हमला हुन सक्ने अमेरिकी दूतावासको आशंका, नागरिकहरुलाई सावधानी अपनाउन चेतावनी

amrika-jhanda
कात्तिक १७ । अमेरिकाले दिल्लीमा आइएसआइएस आतंकवादी संगठनको हमला हुने चेतावनी दिएको छ ।

भारतमा रहेका आफ्ना नागरिकहरुलाई चेतावनी जारी गर्दै अमेरिकाको दिल्लीस्थित दूतावासले भीडभाड हुने स्थानमा नजान अनुरोध गरेको हो ।

दूतवासको विज्ञप्तीमा अमेरिकी नागरिकहरुलाई बजार, ऐतिहासिक स्थल तथा अन्य सार्वजनिक स्थानमा प्रवेश नगर्न र विशेष सावधानी अपनाउन सूचित गरिएको छ ।

अमेरिकी दूतावासले भारतमा रहेका अमेरिकी नागरिकलाई उक्त आतंककारी संगठनले निशाना बनाउन सक्ने आशंका गरेको छ ।

दूतावासले दिल्ली मात्रै नभएर अन्य राज्यमा समेत सावधानी अपनाउन अनुरोध गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया