पाकिस्तानी सेनाको आक्रमणमा मारिएका नेपाली विमल तामाङलाई भारतीय सेनाले भन्यो–साहसिक सहिद

काठमाडौं  कात्तीक  १७ पाकिस्तानी सेनाको आक्रमणमा भारतीय सेनामा कार्यरत नेपाली नागरिक राइफलम्यान २० वर्षिय विमल तामाङलाई भारतीय सेनाले एक बिशेष कार्यक्रम आयोजना गरेर मंगलबार अन्तिम श्रद्धान्जली व्यक्त गरेको छ ।
भारतीय पत्रिका इन्डियन एक्सप्रेसको अनलाइन संस्करणकाअनुसार भारतको रजौरी क्षेत्रमा भएको पाकिस्तानी आक्रमणमा परि सोमबार तामाङको मृत्यु भएको थियो ।
“साहासिक सहिद राइफलम्यान बिमल तामाङ, जसले देशको सीमाको रक्षा गर्दै आफ्नो ज्यान समर्पित गरे उनको सम्मानमा उनको पार्थिब शरिरमा पुष्पअर्पण गर्ने कार्यक्रम आयोजना गरिएको छ,” भारतीय सेनाका प्रवक्ताले इन्डियन एक्सप्रेससँग भने । उनी सुनसरी जिल्लाको धरान निवासी भएको बताइएको छ । उनको परिवारमा एक आमा मात्र भएको समाचारमा उल्लेख गरिएको छ ।

 

यसमा तपाईको प्रतिक्रिया