मुखर्जीलाई विमानस्थलमा यसरी भयो कालोझण्डाले स्वागत ! दुई जना पक्राउ

काठमाडौं, १७ कात्तिक । भारतीय हस्तक्षेपको विरोध स्वरुप भारतीय राष्ट्रपति प्रवण मुखर्जीलाई कालोझण्डा देखाउन प्रयास गर्ने ग्रेटर नेपालका दुई जना शीर्ष नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाल र सचिव रामचन्द्र खड्का रहेका छन् । उनीहरूलाई प्रहरीले अन्तर्राष्ट्रि विमानस्थलको मुलगेट (गोल्डेन गेट) नजिकैबाट बिहान करिव ११ः३५ बजेतिर पक्राउ गरेको संयोजक नेपालले जानकारी दिए ।

पक्राउ परेका नेपाल र खड्कालाई प्रहरीले गौशाला प्रहरीमा राखेको छ । मुखर्जी विमानस्थलमा उत्रनु अघि नै नेपाल र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मुखर्जीको विरोधमा ग्रेटर नेपालका अन्य समर्थकहरूले पनि प्रदर्शनको तयारी गर्दैछन् ।

 

यसमा तपाईको प्रतिक्रिया