भारतीय राष्ट्रपति मुखर्जीको बिरोधमा सामाजिक संजाल ट्वीटरमा तोडियो रेकर्ड, #IndianPresidentNotWelcome ह्यासट्याग पहिलो नम्बरमा

काठमाडौं, १७ कात्तिक–भारतीय राष्ट्रपति प्रणव मुखर्जी बुधबार तीन दिने नेपाल भ्रमणमा काठमाडौं आउँदैछन् । १८ वर्षपछि भारतीय राष्ट्रपतिको भ्रमण हुने भएकाले नेपालको तर्फबाट यस भ्रमणलाई निकै महत्व दिइएको छ । मुखर्जीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो विमानस्थल जाने कार्यक्रम छ । त्यस्तै सरकारले पनि भारतीय राष्ट्रपतिको भ्रमणको अवसर पारेर बुधबार सार्वजनिक विदा दिएको छ ।

hastag

सरकारले राम्रो स्वागत गरेपनि नेपाली ट्वीटर प्रयोगकर्ताले भने मुखर्जीलाई स्वागत नगर्ने अभियान नै चलाएका छन् । सामाजिक सञ्जालमा  #IndianPresidentNotWelcome  (भारतीय राष्ट्रपतिलाई स्वागत छैन) भन्ने ह्यासट्याग चलाइएको छ । सामाजिक सञ्जालमा उक्त ट्रेन्डिङ एक नम्बरमा रहेको छ । गत वर्ष भारतले नेपालमाथि गरेको नाकाबन्दी नबिर्सेको भन्दै ट्वीटर प्रयोगकर्ताले राष्ट्रपतिको भ्रमणमा स्वागत नगरेका हुन् । यसअघि पनि नाकाबन्दी र भूकम्पमा ब्याक अफ इन्डिया ट्रेन्ड चर्चित बनेको थियो ।

भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका बेला सार्वजनिक विदा दिने सरकारको निर्णयको व्यापक विरोध पनि भएको छ । कतिपयले विदा फिर्ता लिनुपर्ने माग राखेका छन् । त्यहि विषयमा प्रधानमन्त्री स्व्यमले पनि स्पष्टिकरण दिनुपरेको थियो । भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा आक्रोशित नेपालीले कालो झण्डा देखाउन सक्ने र ढुङ्गामुढा समेत प्रहार हुन सक्ने भएर सरकारले कडा सुरक्षा व्यवस्था गरेको छ ।

ह्यासट्यागमा प्राप्त प्रतिक्रिया जस्ताको तस्तै:

 

यसमा तपाईको प्रतिक्रिया