भारतीय राष्ट्रपतिको सुरक्षा ब्यबस्था देखाउदै सरकारले यसरी अस्तव्यस्त बनाउदै छ काठमाडौं, हेर्नुहोस् कुन क्षेत्र हुदैछ अस्तव्यस्त!

७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबारदेखि हुने तीन दिने नेपाल भ्रमणका क्रममा काठमाडौंको सवारी प्रभावित बन्ने भएको छ । सर्वसाधारणलाई सडकमा पैदल हिँड्नसमेत नदिइकन भारतीय राष्ट्रपतिको भ्रमणलाई सफल बनाउन लागिपरेको सरकारले तीन दिनसम्म कुन–कुन रुटमा सवारी साधन चलाउन नपाइने र कुन–कुन ठाउँमा सर्वसाधारणले हिँड्न नपाउने भनेर सूचना नै जारी गरेको छ । जसको कार्यतालिका यस्तो रहेको छः

बुधवार १७ गते

बिहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर,माइतीघर, सिंहदरबार, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, थापाथली, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्रमा सर्वसाधारण छिर्न नपाइने ।

दिउँसो १ बजेदेखि ३ बजेसम्म केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, सोह्रखुट्टे, जयनेपाल क्षेत्रमा सवारी साधनले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने ।

दिउँसो पौने २ बजेदेखि पौने ४ बजेसम्म गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चावहिल, बौेद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्रमा सो अवधिभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य वैकल्पिक मार्ग प्रयोग गर्नपर्ने ।

साँझ साढे ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, मित्रपार्क, चावहिल, बौद्ध, थापाथली, कुपण्डोल, त्रिपुरेश्वर, टेकु, भोटेबहाल, कालिमाटी, सोल्टीमोड, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल क्षेत्रमा सो अवधिभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य वैकल्पिक मार्ग प्रयोग गर्नपर्ने ।

बिहीबार १८ गते

बिहान ९ बजेदेखि ११ बजेसम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली, जोरपाटी क्षेत्रमा सो अवधिभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने ।

बिहान पौने १० बजेदेखि दिउँसो पौने २ बजेसम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार, भद्रकाली, थापाथली, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल, नागस्थान, न्युरोड क्षेत्रमा सो अवधिभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने ।

दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली, जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रर्दशनीमार्ग क्षेत्रमा सो अवधिभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य वैकल्पिक मार्ग प्रयोग गर्नपर्ने ।

साँझ ५ बजेदेखि बेलुकी ७ बजेसम्म सिंहदरबार, भद्रकाली, न्युरोड गेट, जमल, केशरमहल,लैनचौर, लाजिम्पाट, पानी पोखरी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, नागस्थान, ठमेल क्षेत्रमा छिर्न नपाइने ।

साँझ साढे ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, थापाथली, जोरपाटी, सोह्रखुट्टे ,जयनेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल क्षेत्रमा हिँड्न नपाइने ।

बेलुकी पौने ८ बजेदेखि बेलुकी पौने १० बजेसम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, बत्तिसपुतली क्षेत्रमा पस्न नमिल्ने ।

शुक्रबार १९ गते

बिहान ९ बजेदेखि ११ बजेसम्म बौद्ध, चुच्चेपाटी, चावहिल, मित्रपार्क, गौशाला, तिलगंगा, एयरपोर्ट ,तीनकुने हुँदै सञ्चालन हुने सवारी साधन प्रभावित हुने छन् ।

यसमा तपाईको प्रतिक्रिया