भारतीय राष्ट्रपति मुखर्जीलाई काठमाडौं ओर्लने बित्तिकै मधेसीमोर्चालाई दर्शन दिने चटारो, मोर्चासंग सामुहिक भेटवार्ताको तयारी

१७ कात्तिक, काठमाडौं । तीन दिने नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले संयुक्त गणतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँग सामुहिक रुपमा भेटवार्ता गर्ने भएका छन् ।

तीन दिने राजकीय भ्रमणका क्रममा बुधबार मध्याहृन काठमाडौं आइपुगेका उनले विहिवार साँझ ८ बजे हायत होटलमा सामुहिक भेटवार्ता गर्ने भएका हुन् ।

 भोली बिहानको लागि भारतीय राष्ट्रपतिसँगको भेटवार्ता तय भएको मोर्चाका एक घटक फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताए ।

उनका अनुसार भेटवार्तामा मोर्चामा आबद्ध सात दलका अध्यक्षहरुलाई बोलाइएको छ ।

यस अघि पनि भारतबाट उच्चस्तरीय भ्रमण हुँदा मधेशी नेताहरुलाई सामूहिकरुपमा बोलाएर भेट्ने गरिएको छ । प्रधानमन्त्री मोदी नेपाल आउँदा पनि उनले यसरी नै सामूहिक भेटका लागि बाोलाएका थिए ।

यसमा तपाईको प्रतिक्रिया