मुखर्जीको स्वागतमा जनताप्रति निकम्मा बन्यो प्रचण्ड सरकार: एम्बुलेन्स रुदैछ- “मुखर्जी भन्दा जनता ठुला हुन् मलाइ बाटो खोल्देउ प्रचण्ड सरकार”

काठमाडौं १७ कार्तिक, जुमएनपी सम्बाददाता– भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका क्रममा बुधवार काठमाडौंको सडकमा गुड्ने एम्बुलेन्सलाई समेत चल्न नदिइएको खुल्न आएको छ । ‘आकस्मिक र गम्भीर प्रकृतिका बिरामीलाई बोकेर हिँड्ने सवारी एम्बुलेन्सलाई समेत रोकेर कस्तो खातिरदारी प्रदर्शन गर्न खोजिएको हो ?,’ सामाजिक सञ्जालमा सडकमा मुखर्जीको भ्रमणको क्रममा रोकिएको एम्बुलेन्सको तस्वीर पोष्ट गरेकी पत्रकार मेनुका बस्नेतले भनिन् , ‘कमसेकम मान्छेको बाँच्ने हकको त रक्षा गनुपथ्र्यो सरकारले ।’

मुखर्जीको स्वागतमा ब्यस्त प्रचण्ड सरकारको जनता प्रतिको चरम लापरबाही का कारण जाममा फसेको बिरामी बोकेको एम्बुलेन्स को भिडियो यसरि फेसबुकमा पोस्ट गर्दै अर्का कृषि बिज्ञ एवं कृषि पत्रकार बैकुण्ठ भण्डारी भन्छन “बिचरा एम्बुलेन्स : स्वागत को जाम मा पर्‍यो । बिर अस्पताल बाट बिरामी बोकेर बेक्कार पो भन्दै करौदै छ ।” हेर्नुहोस भिडियो ।

यसमा तपाईको प्रतिक्रिया