ओलीले पनि दिए जनतालाई नै साथ्: मुखर्जी भ्रमण र सरकारको रबैयाको ओलीद्वारा सांकेतिक बिरोध, भारतीय दुतावासले मुखर्जीको स्वागतमा राखेको भोजमा गएनन् एमाले अध्यक्ष ओली

काठमाडौं, १७ कात्तिक ।नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले आज अपराह्न लैनचौरस्थित भारतीय राजदूतावासमा स्वागत समारोह आयोजना गरी भोज खुवाएका छन । भारतीय राजदूतावासले भोज खान नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाएको थियो । तर, ओली अनुपस्थित रहनुभयो ।

पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपाल अहिले विदेश भ्रमणमा रहनुभएपनि अध्यक्ष ओली काठमाडौंमै हुँदासमेत भोजमा सरिक हुनुभएन् । उहाको यस कदमलाई राजनैतिक वृत्तमा मुखर्जी भ्रमण र प्रचण्ड सरकारको रबैया बिरुद्द ओलीको सांकेतिक बिरोधको रुपमा चर्चा चलेको छ ।

एमालका तर्फबाट उपाध्यक्षद्धय वामदेव गौतम र भीम रावल, उपमहासचिव विष्णु पौडेल लगायतका भने सहभागी भएको भोजमा सामेल भएका एक नेताले बताए । भोज खान उपराष्ट्रपति नन्दबहादुर पुनको विशेष उपस्थिति थियो ।

समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, उद्योगपति, व्यापारी, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको लाइन लागेको थियो ।दूतावासले मुखर्जीको सम्मानमा दूतावास परिसरभित्रै दिवाभोज आयोजना गरेको थियो ।

यसमा तपाईको प्रतिक्रिया