पहिलो न्युजका कार्यकारी सम्पादक मोहन बाँस्तोला प्रहरीको नियन्त्रणमा, सम्पादक भन्छन नालायक सरकारको जति नै भर्तसना गरे नि कमि नै हुन्छ

काठमाडौं, १७ कात्तिक । प्रहरीले पत्रकार मोहन बास्तोलालाई नियन्त्रणमा लिएको छ ।

पहिलो न्यूज डटकममा कार्यरत पत्रकार बास्तोलालाई बुधबार साँझ प्रहरीले माइतीघरबाट नियन्त्रणमा लिएको पहिलो न्यूज डटकमका सम्पादक विष्णु रिजालले जानकारी दिएका छन् ।

उनले भनेका छन्– ‘पहिलो न्यूजका कार्यकारी सम्पादक मोहन बाँस्तोलालाई डेढ घन्टादेखि माइतीघरमा प्रहरीले नियन्त्रणमा लिई भ्यानमा राखिरहेको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका क्रममा उनको सवारी नचलेको बेला पैदल पनि हिँड्न नदिएर त्यहाँ प्रहरी निरीक्षक सुरेन्द्र सिटौलाको नेतृत्वमा खडा सुरक्षाकर्मीले हातपात गर्दै उहाँलाई पक्राउ गरेका थिए । भ्याली प्रहरी प्रमुख प्रतापसिंह थापाले तुरुन्तै छोड्छौँ भनेको पनि एक घन्टा बितिसकेको छ । अहिले उहाँको मोबाइल स्वीच अफ भएको छ । नालायक सरकारको जति भत्सर्ना गरे पनि कमै हुन्छ ।’

प्रेस चौतारी अनलाइन प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका बास्तोलालाई कार्यालयबाट घर जाने क्रममा नियन्त्रणमा लिइएपछि प्रहरी प्रशासनको चौतर्फी आलोचना भइरहेको छ ।

यसमा तपाईको प्रतिक्रिया