राष्ट्रपति प्रणव मुखर्जीको बिरोधमा निस्केको भन्दै भ्रष्टाचार बिरोधि अभियन्ता सारदा भुषाललाई प्रहरीले पक्राउ

sarda-bhusal
काठमाडौँ १७ कार्तिक |
 नेपाल भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीको बिरोधमा निस्केको भन्दै भ्रष्टाचार बिरोधि अभियन्ता सारदा भुषाललाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई मध्यान्ह १२ बजे तिर माइतीघर मण्डलाबाट पक्राउ गरेको हो।मुखर्जिको बिरोधमा उनले आफ्नो शरीरमा पुरै कालो लुगा लगाएर सडकमा निस्केकी थिइन् ।

 पक्राउ पछि उनलाई महानगरीय प्रहरी प्रभागा कमलपोखरिमा राखियको छ।आफुले नाकाबन्दीको पीडा भुल्न नसकेर बिरोधमा निस्कदा राज्यले दमन गरेको समग्र  वताइन।

उनले नागरिकको स्वतन्त्रतापूर्वक बिरोध गर्न पाउने नैसर्गिक अधिकारको समेत राज्यले खिल्ली उडायको वताइन। आफुलाई पक्राउपछि कसैसँग पनि भेट्न नदियको भन्दै मानवअधिकार प्रती राज्य गम्भीर हुनुपर्ने उनको भनाइ छ।

 

यसमा तपाईको प्रतिक्रिया