केहीबेरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जी पशुपतिनाथ मन्दिर दर्शन गर्न जाँदै, मुखर्जीलाई विशेष व्यवस्था, लाखबत्ती बाल्ने

mukhar-ji-pasupati
काठमाडौं, १८ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिनाथ मन्दिरमा लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्ने भएका छन् ।  बिहीबार बिहान राष्ट्रपति मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । राष्ट्रपति मुखर्जीको स्वागतका लागि पशुपतिनाथ मन्दिरमा भव्य स्वागतको तयारी भएको छ । पशुपतिनाथ मन्दिर पश्चिम प्रवेशद्वार लगायत यस क्षेत्रका यावत् स्थानमा पुुष्पमालाले झकिझकाउ गरिएको छ । राष्ट्रपति पशुपति आउँँदा मुखर्जीलाई यस क्षेत्रको साँस्कृतिक झाँकी पनि प्रस्तुत गरिँदैछ । सन्ध्या पुस्तकालयले परम्परागत बाँसुरी, ज्यापु पुचःले धिमे, सिर्जनशील युवा क्लबले साँस्कृतिक झाँकी प्रस्तुत गर्दैछ । राष्ट्रपति मुखर्जीले पशुपतिनाथको दक्षिण मुहार अघोरतर्फबाट पञ्चामृतसहितको रुद्राभिषेक पूजा गर्नेछन् । पशुपति मन्दिर परिसर हेर्ने अधिकृत कमलबहादुर बोगटीका अनुसार राष्ट्रपति मुखर्जीलाई मन्दिरको दक्षिण ढोकाको भित्री चाँदीको छेकवार हटाई आसन ग्रहणको व्यवस्था गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया