एमाले नेता माधव कुमार नेपालद्वारा भारतीय राष्ट्रपति मुखर्जीसँग भेटवार्ता

madhab_nepal_pranab_mukharji
काठमाडौं, १८ कात्तिक – पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधव कुमार नेपालले नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गरेका छन् । पूर्वप्रधानमन्त्री नेपालले बिहिवार बिहान राष्ट्रपति मुखर्जीसँग हायात होटलमा भेटवार्ता गरेका नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

राष्ट्रपति मुखर्जीले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र मधेशवादी दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । नेपालका पूर्वराष्ट्रपति डा. रामबरण यादवसँग पनि मुखर्जीले दिउँसो भेटवार्ता गर्नेछन् ।

यसमा तपाईको प्रतिक्रिया