गोरखाकी नेपाली चेलीले यसरी दिइन् भारतीय राष्ट्रपति मुखर्जीलाई टक्कर!

tarkaari-wali-mukharji
काठमाडौं, १८ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जी यति बेला नेपालको तीन दिने राजकीय भ्रमणमा छन् । उनको नेपाल भ्रमणको सामाचारलाई भने भारतीय चर्चित मिडियाहरुले खासै महत्व दिएका छैनन् ।

ठिक उनकै नेपाल भ्रमणको समयमा भारतीय मिडियाहरुमा एकजना नेपाली युवती भने चर्चाकी पात्र बनेकी छन् । तरकारी बोक्दै गरेकी एक जना सामान्य नेपाली युवतीको तस्बिर भने मुखर्जीकै नेपाल भ्रमणका बेला इन्टरनेटमा भाइरल बनेको छ । यी युवतीले भारतका राष्ट्रपतिलाई समेत ओझेलमा पारेकी छन् ।

tarkari-wali

भारतीय पत्रिका हिन्दूस्थान टाइम्सले उक्त तस्बिरलाई समाचार बनाएर प्रकाशन गरेको छ । तरकारी वोक्दै गरेकी ती सुन्दरी युवतीको रुपको प्रशंसा समेत धेरैले गर्ने गरेका छन् ।

फोटोग्राफर रुपचन्द्र महर्जनद्धारा लिइएका ती फोटोहरु कुनै त्यस्तो खास ठाउँबाट पनि लिइएका थिएनन् ।

उनका भाइरल बनेका दुईओटा फोटोहरु मध्ये एउटा सामान्य बजारमा तरकारी बेच्दै बसेकी देखिएकी छन् भने अर्कोमा गोरखा र चितवनवीचको झोलुङ्गे पुलमा तरकारी बोकेर हिड्दै गरेकी देखिएकी छिन् ।

फोटोग्राफर रुपचन्द्र महर्जनले खिचेका उनका तस्बिरहरु अहिलेसम्म इन्टरनेटमा करोडौँले हेरिसकेका छन् । उनको तस्बिरले भारतका चर्चित मिडियाहरुमा पनि स्थान पाएको छ ।

tarkari-wali

तर यति बेला नेपालको राजकीय भ्रमण गरिरहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सामाचारलाई भने भारतीय मिडियाहरुले खासै महतव दिएका छैनन् । उनको नेपाल भ्रमणलाई भारतका कुनै पनि चर्चित मिडियाहरुले प्राथमिकताका साथ सम्प्रषण गरेका छैनन् ।

राष्ट्रपतिको नेपाल भ्रमणलाई भारतका केही मिडियाहरुले मात्रै प्रशारण गरेका छन् । त्यो पनि उनको व्यक्तिगत भेट भनेर ।

indian-prisedent-welcome-nepal-5

नेपाली युवतीको सामाचारलाई त्यति महत्वका साथ प्रकाशन गर्ने हिन्दुस्तान टाइम्सले मुखर्जीको नेपाल भ्रमणलाई केवल अनलाइन पोर्टलद्धारा पोष्ट गर्दै भनिएको छ, ‘प्रणव मुखर्जीको नेपाल यात्रा व्यक्तिगत इच्छा, राजनीतिक उद्देश्य पूर्ती ।’

 

यसमा तपाईको प्रतिक्रिया