मोदी सरकारले नगरेको काम नेपाल आउनासाथ मुखर्जीले गरे

samidhan-ko-sawagt-gare-mukhar-ji

काठमाडौं, कात्तिक १८ – भारतले नेपालको संविधानलाई अझै पनि खुलेर स्वागत गरिसकेको छैन । तर नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले संविधान जारी गरेकोमा नेपाललाई बधाई दिनुभएको छ । नेपाल आएकै दिन बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा उहाँले बधाई दिनुभएको हो ।

मुखर्जीले नेपालको संविधान जारी भएकामा राष्ट्रपति भण्डारी, नेपाली नागरिक र संविधानसभाप्रति बधाई ज्ञापन गर्नुभएको हो । त्यसपछि उपराष्ट्रपति, प्रधानमन्त्री लगायतसँगको भेटमा पनि मुखर्जीले नेपालले संविधान जारी गरेकोमा उसैगरी बधाई दोहोर्याउनुभयो । बुधबार रात्रीभोजमा सहभागी हुँदा मुखर्जीले भारत आफ्ना छिमेकीलाई विशेष प्राथमिकता राखेर सँगसँगै अगाडि बढ्न चाहेको बताउनुभयो ।

‘हरेक क्षेत्रमा भारत दुबै मुलुकको हित र प्रगतिका लागि सँगै अघि बढ्न चाहन्छ’ उहाँको भनाई थियो । नेपाल–भारतको सम्बन्ध युगौँदेखिको पुरानो र प्राचीन सभ्यतासँग गाँसिएको उल्लेख गर्दै राष्ट्रपति मुखर्जीले सांस्कृतिक एवम् जनस्तर कायम सम्बन्धले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाएको विचार व्यक्त गर्नुभयो । शान्ति, स्थायित्व र समृद्धिको बाटोमा नेपाल सधैँ अघि बढेको हेर्ने भारतको चाहना रहेको र त्यस कार्यमा भारतको सहयोगी भूमिका रहने उहाँको प्रतिबद्धता थियो । प्राकृतिक विपद्पछिको नेपाली जनताको सहनशीलता अत्यन्त सरहानीय भएको बताउँदै राष्ट्रपति मुखर्जीले नेपालको पुनर्निर्माण अभियानमा भारत सहयोग गर्न तत्पर रहेको विश्वास दिलाउनुभयो ।

भारतले आफ्ना छिमेकी मुलुकसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै राष्ट्रपति मुखर्जीले भन्नुभयो ‘भारत नेपाललाई विशेष प्राथमिकतामा राखेर दुई पक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउन चाहन्छ ।’ नाकाबन्दीबारे मुख खोलेनन् पोहोर यतिबेला नेपालले भारतको नाकाबन्दी सामना गर्नुपरेको थियो । नाकाबन्दीको एकवर्षपछि भारतबाट भएको उच्चस्तरीय भ्रमणमा यसबारे पनि कुरा हुनुपर्ने हो । सामाजिक सञ्जालमा धेरैले यसबारे टिप्पणी र प्रतिक्रिया दिएका छन् । तर मुखर्जीसँगको भेटवार्तामा नेताहरुले नाकाबन्दीको विषयमा कुरा उठाएका छैनन् ।

एक राष्ट्रिय दैनिकसँगको अन्तर्वार्तामा भने मुखर्जीले नाकाबन्दीको विषयमा कुटनीतिक जवाफ दिएर टार्नुभएको छ । नेपालको संविधानप्रति आफ्नो असन्तुष्टि प्रकट गर्न भारतले अलि बढी नै गरेको, खासगरी साढे चार महिना लामो अघोषित सीमा नाकाबन्दी लगाएको विषयलाई लिएर नेपालभित्र र बाहिर पनि भारतको निकै आलोचना भयो नि रु भन्ने प्रश्नमा मुखर्जीको जवाफ छ : हाम्रो खुला सिमाना भएका कारण नेपालभित्र भएका घटनाक्रमको असर सीमापारि पनि पर्न सक्छ ।

तर के नबिर्सौं भने हाम्रो सम्बन्ध र सहकार्य पृथक किसिमको हो, जुन दुवै पक्षका जनताको सघन सम्पर्कद्वारा निर्देशित छ । भारतले सधैँ नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ । यसकारण निकट मित्रका रूपमा हामी दिगो शान्ति र स्थायित्वका लागि गरिने हरेक प्रयासको स्वागत गर्छौं । संघीय लोकतान्त्रिक गणतन्त्रतर्फ नेपालको यात्रामा भारतको सधैँ सहयोग र शुभेच्छा रहन्छ । धेरैको बुझाइमा नाकाबन्दीले नेपाली समाजलाई धु्रवीकृत गर्ने र भारतविरोधी भावना बढाउने काममात्रै गर्योा ।

भारतको राष्ट्रप्रमुखका रूपमा तपाईंले यो आलोचनाको कसरी जवाफ दिनुहुन्छ रु भन्ने अर्को प्रश्नमा मुखर्जीले भन्नुभएको छ : भारतको ‘छिमेक प्राथमिकता’ नीतिको केन्द्रीय भाव वा दर्शन भनेको निकट सम्बन्ध र समृद्धिमा सहभागिता हो भन्ने मलाई लाग्छ । हाम्रो नेपालसँगको सम्बन्ध दुई देशको दीर्घकालीन हितमा आधारित हुनेछ । नेपाल र भारतले विकास, शान्ति, आर्थिक समृद्धि र जनताका भलाइका लागि सँगै मिलेर काम गर्नुपर्छ भन्ने मेरो दृढ विश्वास छ

 

यसमा तपाईको प्रतिक्रिया