चीनियाँ राष्ट्रपति सीलाई रोक्न मुखर्जी भ्रमण, मुखर्जीको मुख्य मिसन चीन रोक्नेमा रहेको विश्लेषकहरूको भनार्इ

काठमाडौं, १८ कात्तिक । वर्तमान प्रचण्ड नेतृत्व सरकारले बहुचर्चित चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण रोक्नुको अर्थ भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणलाई अगाडि सारिएको बुझिएको छ । मुखर्जीको नेपाल भ्रमणमा कुनै उल्लेखनीय उपलव्धि नहुने तर त्यसको मुख्य मिसन चीनभन्दा भारत नेपालको पहिलो मित्र भएको देखाउन यस्तो खेल खेलिएको नेपालका राजनीतिक विश्लेषकहरुको विश्लेषण रहेको छ ।
चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा नेपालको समग्र राजनीतिक, आर्थिक विकास लगायत तमाम क्षेत्रमा पर्ने दूरगामी प्रभावका कारण भारतको चर्को दबाबमा प्रचण्ड सरकारले सीको भ्रमण रोकेर मुखर्जीको भ्रमणलाई पहिलो प्राथमिकतामा राखेको हो ।

 मुखर्जी नेपाल आउँदा खासै कुनै महत्वपूर्ण विकास र परियोजनाका बारेमा छलफल नहुने सरकार गठबन्धन दलका नेताहरुको भनाई रहेको छ ।

जहाँ कि चीनका राष्ट्रपति सी नेपाल आउँदा उनले ३० देखि ३५ बिलियन डलर अर्थात् ३५ खर्ब रकम सहयोग गर्ने भन्ने कार्यक्रम थियो । त्यही कार्यक्रम रोक्न भारतले ओली सरकारलाई आउट गरेर प्रचण्डलाई अगाडि सारेको बताइएको छ ।

सीको भ्रमणले नेपालको ठूलो विकास परियोजनामार्फत मुलुकको काँचुली फेर्ने र समग्र राजनीतिमा भारतको एकछत्र प्रभाव हट्ने देखिएपछि भारतले षडयन्त्र गरेर आफ्नो निर्देशन मान्ने प्रचण्डलाई अगाडि सारेको हो ।

सुरुमा नेपालको महत्वपूर्ण भ्रमणस्थलको रुपमा चर्चित लुम्बिनीलाई स्थगित गर्नुमा पनि भारतको ठूलो षडयन्त्र रहेको बताइन्छ ।

 

यसमा तपाईको प्रतिक्रिया