के लेखे पशुपतिनाथको आगन्तुक पुस्तिकामा भारतीय राष्ट्रपति मुखर्जीले ?

pranab_mukharji
काठमाडौं, १८ कात्तिक– भारतीय राष्ट्रपति प्रणब मुखर्जीले बिहिवार पशुपतिनाथ मन्दिरमा गएर विशेष पूजा गरे, सँगै उनले पशुपतिनाथको आगन्तुक पुस्तिकामा आफ्नो मन्तव्य लेखेका छन् । मुखर्जीले लेखेको मन्तव्य यस्तो छ :  पवित्र पशुपतिनाथ मन्दिरमा फेरि आउँदा मलाई प्रसन्नताको अनुभूति भएको छ । यो साँस्कृतिक, धार्मिक र ऐतिहासिक महत्वको ठाउँ हो । मलाई विशेष पूजामा भागीदारी बनाइएकोमा आनन्दको अनुभूति भएको छ । मन्दिरमा दर्शनको व्यवस्था गरेकोमा मन्दिर व्यवस्थापनलाई धेरै धन्यावाद । नेपाल–भारत मैत्री पशुपतिनाथ धर्मशाला परियोजनाको स्थापनामा सहयोग गर्न पाउँदा भारत सरकारलाई खुशी लागेको छ । यो योजना अहिले नै सञ्चालित भइरहेको छ । आफ्नो राजकीय भ्रमणको दौरान यो घोषणा गर्न पाउँदा मलाई खुशी लागेको छ कि मन्दिर आसपास क्षेत्रको घाट पुर्ननिर्माण र नवीकरणका लागि समेत सहयोग गरिनेछ । यो मन्दिर भारत तथा नेपालका भक्तका लागि उत्तिकै श्रद्धाको केन्द्र छ । म पशुपतिनाथ क्षेत्र विकाश कोषलाई यो अनौठो मन्दिरको संरक्षण र सम्वर्धनमा उसले गरेको प्रयासको सफलताको लागि शुभकामना दिन्छु ।
प्रणब मुखर्जी ३ नोभेम्बर –

यसमा तपाईको प्रतिक्रिया