भारतीय राष्ट्रपति नआउँदै पोखरामा यसरी भयो विरोध, सडकमा उत्रिए युवा

पोखरा, १८ कात्तिक । तीन दिने नेपालमा भ्रमणका क्रममा काठमाडौंमा रहेका भारतीय राष्ट्रपति पोखरा जानुअगावै त्यहाँ विरोध सुरु भएको छ । स्थानीय युवाहरुले नाकाबन्दी गरेर दुःख दिने भारतका राष्ट्रपतिको स्वागत गर्न नसकिने भन्दै बुधबार राति मुखर्जीको स्वागतार्थ पोखरामा बनाइएको स्वागतगेट तोडफोड गरेका छन् ।pokhara-get-todfod

शुक्रबार हुने राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणका क्रममा स्वागतका लागि इन्द्रचोक नजिकै बनाइएको स्वागत गेट तोडफोड गरिएको हो ।
स्वागत छ पोखरामा भनेर लेखिएको फ्लेक्स च्यातिएको छ भने राष्ट्रपति मुखर्जीको फोटो पनि च्यातिएको छ । तर प्रहरीले भने सामान्य च्यातिएको बताएको छ । ‘सामान्य च्यातिएको हो, तर यो इन्टेनसनल्ली भएको देखिदैन’, कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले भने । यसैबीच, सो स्थानमा च्यातिएको फ्लेक्स निकालेर नयाँ फ्लेक्स लगाइसकिएको छ । फ्लेक्स च्यातिएको खबर पाएलगत्तै पुगेको प्रहरी टोलीले तुरुन्तै नयाँ फ्लेक्स लगाएको हो ।

यसमा तपाईको प्रतिक्रिया