एमालेमय बन्दै मधेस: जनकपुरमा एमालेद्वारा आयोजित चियापानमा उर्लियो जनसागर

jankpur-yemale

काठमाडौं, १८ कात्तिक– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तराईका जिल्लामा आफ्ना गतिविधिलाई सशक्त बनाएको छ । नयाँ निर्वाचनका लागि दवाव दिन देशब्यापी रुपमा तीन महिने कार्यक्रम तय गरेको एमालेले बिहीवार जनकपुरमा जलपान समारोह आयोजना गरेको हो ।


छठ पर्वको अवसरमा जनकपुरधाममा बिहीवार एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा ब्यापक जनसहभागिता देखिएको छ । एमाले नेतृत्वको पूर्ववर्ती सरकारले तराई मधेसको विकासका लागि अघि सारेका कार्यक्रमहरुबारे सर्वसाधारणलाई जानकारी गराउने एमालेको अभियान छ ।


जनकपुरको कार्यक्रममा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली, योगेश भट्टराई लगायतका नेताहरु सहभागि छन् । विपक्षीहरुले एमालेलाई तराई मधेस विरोधी पार्टीको रुपमा प्रचार गर्ने गरेका भए पनि एमालेले पछिल्लो पटक आयोजना गरेका कार्यक्रमहरुमा अन्य पार्टीको तुलनामा बढी जनसहभागिता देखिंदै आएको छ । तराईको विकासमा ठूल्ठूला आयोजनाहरु र कार्यक्रमका लागि ओली नेतृत्वको सरकारले बजेटको ब्यवस्था गरेको थियो ।
अभियान अन्तर्गत विकासका लागि एमालेले लिएको नीति र कार्यक्रम बारे जानकारी गराउने र ब्यापक जनपरिचालन गरी निर्वाचनको समेत तयारी गर्नेगरी एमाले नेताहरु तराई झरेका हुन् ।

 

यसमा तपाईको प्रतिक्रिया