त्रिभुवन विमानस्थलको उडान अवतरण दुवै अस्तव्यस्त, प्रबक्ता भन्छन: “मुखर्जीका कारण हैन राडारमा छ समस्या”

१८ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण  दुबै प्रभावित बनेको छ । उडान अवतरण अस्तव्यस्त हुदा ५ घण्टासम्म डिले  भएको छ । सर्वसाधारणले सास्ती पाएका छन् ।

यात्रुहरुले भारतीय राष्ट्रपतिकै कारण उडान अवतरण अस्तव्यस्त भएको आरोप लगाएपनि यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भने बुधबार बेलुकीदेखि राडारमा समस्या आएकाले उडान÷अवतरण प्रभावित भएको दाबी गरेका छन् ।

कतिपय यात्रुहरुले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरा र जनकपुर भ्रमणको पूर्वतयारीका कारण विमानस्थलमा उडान अवतरण प्रभावित भएको आरोप लगाएका छन् । ‘राडार बिग्रिएपछि सेप्रेसनका लागि लगातार छिटो(छिटो विमानहरु उडान तथा अवतरण गराउन सकिँदैन,’ प्रवक्ता ठाकुरले भने, ‘यसैकारण विमानस्थलमा यात्रुहरुले तालिकाबमोजिम सेवा पाउन सक्नुभएको छैन । तर, फ्लाइट क्यान्सिल तथा डाइभर्ट भने गरिएको छैन ।’

यसमा तपाईको प्रतिक्रिया