पोखराबासी ले उठाय मुखर्जी भ्रमणमा ठुलो साहस: मुखर्जीलाई व्यंग्य गर्न नेपाल कै राष्ट्रपतिको नाममा स्वागत गेट!

१८ कात्तिक, पोखरा । पर्यटकीय नगरी पोखरा यतिबेला भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतमा जुटेको छ । हतार हतारमा विभिन्न तयारी भइरहेको छ । लगभग तयारी सकिएको भनिएको  छ । तर मुखर्जीलाई व्यङ्गय गर्न एउटा गेट भने जस्ताको तस्तै राखिएको छ । pokhara-gate

भारतीय राष्ट्रपति मुखर्जीको स्वागतका लागि गेट बनाउनुपर्ने स्थानमा नेपालकै राष्ट्रपति विद्या भण्डारीको स्वागतका लागि करिब डेढ महिना पहिले बनाइएको गेट जस्ताको तस्तै छ । पोखराको महत्त्वपूर्ण स्थान फेवाताल पुग्दा प्रणव मुखर्जीले आफ्नो नाममा स्वागतद्वार देख्ने छैनन् । उनले बरु विद्या भण्डारीको स्वागत गरेको द्वार देख्ने छन् ।

गत असोज १२ गते राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने भ्रमणमा पोखरा पुगेकी थिइन् । भण्डारीको स्वागतको लागि ठाउँठाँउमा स्वागत गेट राखिएको थियो जस मध्ये फेवाताल किनारमा राखिएको गेट भने अझैसम्म हटाइएको छैन । भण्डारीले पोखराको दुई दिने कार्यक्रममा सहभागिता जनाएर राजधानी फर्किएको पनि डेढ महिना पुग्न लाग्दा पनि उनको स्वागतको राखिएको गेटले कतै मुखर्जीको भ्रमणलाई व्यङ्ग्य गर्ने छ । यो अवस्थाले पोखरामा मुखर्जीको स्वागत र सम्मानको सट्टा अपमान गर्ने छ । तर सरोकारवाला कुनै निकायको आखा तयस गेटतर्फ  परेको छैन् ।

यसमा तपाईको प्रतिक्रिया