भारतीय राष्ट्रपति मुखर्जीलाई सेनाको सलामी: सलामी दिने सेनाको तस्बिर यसरी बन्यो भाइरल

१८ कात्तिक, काठमाडौं । भारतका राष्ट्रपति प्रणव मुखर्जी यतिबेला नेपाल भ्रमणमा छन् । राष्ट्रपति विद्या भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जी नेपालको तीन दिवसीय राजकीय भ्रमणमा बधुबार काठमाडौँ आएका हुन् ।

अठार वर्षपछि भारतका राष्ट्रपतिबाट नेपालको भ्रमण भएको हो ।

mukharjee-bending-down-vidya-bhandari

भारतीय राष्ट्रपतिलाई स्वागत गर्न सरकारले सार्वजनिक विदा दिनुका साथै भव्य तयारी गरेपनि जनस्तरमा भने विभिन्न तरिकाले विरोध भएको छ ।

नेपालीहरुले भारतीय राष्ट्रपतिलाई स्वागत छैन भन्दै ट्वीटर ट्रेण्डिङ गरेका छन् भने सामाजिक सञ्जालमा भारतको विरोध भैरहेको छ ।

यसै क्रममा भारतीय राष्ट्रपतिलाई नेपाली सलामी दिने समयमा विमानस्थलको एक दृष्य यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । विमानस्थलमा नेपाली सेनाले भारतीय राष्ट्रपतिलाई सलामी दिने क्रममा उनीसँग हिँड्नु पर्ने भूमिकामा रहेका एक नेपाली सैनिकको तस्विर अहिले सामाजिक सञ्जालमा शेयर भैरहेको छ । उक्त तस्विरको एंगलका कारण तस्विर भाइरल बनेको हो ।mukharji-laat

भारतीय राष्ट्रपति मुखर्जीको पछाडी रहेका सैनिकले खुट्टा उठाएको अवस्थामा (भ्रमका कारण लात्ता प्रहार गर्न खोजेको जस्तो) तस्विर खिचिएको छ । तर भारत विरोधी पोष्ट गरिरहेकाहरुले यो तस्विरलाई भाइरल बनाएका हुन् ।

कतिपयले अरुले नसकेपनि नेपाली सेनाका यी अधिकारीले भारतसँग बदला लिएको भन्दै मजाक समेत गरेको देखिन्छ । यद्यपी यो तस्विर एंगलका कारण मात्र यस्तो देखिएको हो ।

राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षीलाई आफ्नो कार्यालयमा स्वागत गरेकी थिइन् । त्यसअघि नेपाली सेनाको एक टुकडीले शुभकामना धुन बजाएको थियो ।

यसमा तपाईको प्रतिक्रिया