अन्तत: भारतले खोल्यो मुख: मुखर्जीको नेपाल भ्रमण चीनको नेपाल माथिको प्रभाव कम गराउन

भारतीय राष्ट्रपति प्रणव मुखर्जी यतिबेला नेपालको भ्रमणमा छन् । गत वर्षको भारतीय नाकाबन्दी नभुलेका नेपालीहरुले भारतीय राष्ट्रप्रमुखलाई खुलेर स्वागत गर्न सकेका छैनन् ।

यो नोभेम्बरमा चिनियाँ राष्ट्रपति नेपाल आउने चर्चा चलेपनि अन्ततः यही समयमा भारतीय राष्ट्रपति भने नेपाल आएका छन् ।

pranav-mukharjee-welcome-vvip

नेपालमा भारत विरोधी भावना उच्च रहेको समयमा भएको भारतीय राष्ट्रपतिको भ्रमणको उद्धेश्य भने चीनले नेपालमा बढाइरहेको प्रभाव न्यूनिकरण रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय अखबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणमा प्रकाशित एक समचारमा प्रणव मुखर्जीको नेपाल भ्रमणको भित्री उद्धेश्य चिनियाँ प्रभाव कम गर्नु रहेको उल्लेख छ ।

 भारतीय प्रधानमन्त्रीले १७ वर्ष पछि र भारतीय राष्ट्रपतिले १९ वर्ष पछि नेपाल भ्रमण नेपालसँग पैदा भएको दुरी मेटाउनु र नेपालमा बढिरहेको चिनियाँ प्रभाव कम गर्नु रहेको उक्त पत्रिकाको समाचारमा उल्लेख छ ।

नेपालको संविधानमा मधेशीको मुद्धालाइ लिएर भारत रिसाएको भएपनि चीनको प्रभाव बढ्न नदिन अन्य परियोजनाहरु द्रुत गतिमा अघि बढाउने तयारीमा भारत रहेको समेत उक्त पत्रिकाले लेखेको छ ।

चीनले नेपालमा उर्जा, रेल र इन्धनमा आफ्नो स्थान बनाउन खोजेपनि भारतले त्यसो गर्न नदिने समेत हिन्दुस्तान टाइम्सको दावी छ । यद्यपी नेपालमा बढिरहेको प्रभावको प्रतिस्पर्धाले चीन-नेपाल-भारतबीच त्रिपक्षीय साझेदारीको सम्भावनालाई पनि बढाइरहेको उक्त पत्रिकाको विश्लेषण छ ।

नेपालले राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण अन्तिम समयमा आएर स्थगित गरेपछि विच्किएको भारत ओली सरकारका पालामा विग्रिएको सम्बन्ध सुधार गर्न र चिनियाँ प्रभावलाई नियन्त्रणमा राख्न चिनियाँ राष्ट्रपति भन्दा अघी नै भारतीय राष्ट्रपतिको नेपाल भ्रमण गराउने योजना बनाएको चर्चा चलेको थियो ।

मुखर्जी नेपाल आएमा उनी सन् १९९७ पछि नेपाल आउने पहिलो भारतीय राष्ट्रपति हुन ।

यसमा तपाईको प्रतिक्रिया