महाअभियोग पछि लोकमानसिंह कार्कीलाई लाग्यो अर्को ठूलै झड्का

look-man-mawadi
काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले कार्की, उनका ज्वार्इं प्रवल थापा लगायतकाले म्याद तामेलीमा अवरोध गरेको भन्दै कारवाहीको मागसहित सर्वोच्चमा उजुरीपत्र दर्ता गराएका हुन् ।

म्याद तामेलीमा अवरोध गरे कानुनअनुसार १५ दिन कैद, एक हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

कार्कीको नियुत्ति प्रकरणलाई लिएर केही समयअघि सर्वोच्चमा दर्ता भएको मुद्धाको अझै फैसला भएको छैन । त्यसैगरी कार्कीविरुछ व्उवस्थापिका–संसदमा समेत महाअभियोगको प्रस्ताव दर्ता गरिएको छ ।

 

यसमा तपाईको प्रतिक्रिया