गगन आएपछि स्वास्थ्य क्षेत्रमा रातारात परिवर्तन, २१ बर्षमा यस्तो कहिल्यै भएन्: कर्मचारी

Newly appointed Minister for Health Gagan Kumar Thapa

काठमाडौं, १८ कात्तिक । चालु आर्थिक बर्षको बजेटबाट बिहीबारसम्म ५१ जिल्लामा जिल्ला जनस्वास्थ्य कार्यालयहरुले औषधी खरिद गरिसकेका छन् ।

प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाका निर्देशक डा मोहम्मद दाउदले स्वास्थ्य मन्त्रालयले अहिले सम्मकै सवै भन्दा चाडो औषधी खरिद प्रक्रिया अगाडी बढाएको बताउनुभयो । “मैले यस मन्त्रालयमा काम गर्न थालेको २१ बर्ष भयो, यति चाडौ औषधी खरिद प्रक्रिया भएको मलाई थाहा थिएन,” डा दाउदले भन्नुभयो ।

अघिल्ला बर्षहरुको तुलनामा यसबर्ष निकै चाडो औषधी खरिद भएको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाका निर्देशक डा मोहम्मद दाउदले जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्य मन्त्रालयले अहिले सम्मकै सवै भन्दा चाडो औषधी खरिद प्रक्रिया अगाडी बढाएको बताउनुभयो । “मैले यस मन्त्रालयमा काम गर्न थालेको २१ बर्ष भयो, यति चाडौ औषधी खरिद प्रक्रिया भएको मलाई थाहा थिएन,” डा दाउदले भन्नुभयो ।

उनीहरुले ३ लाख रुपैया बराबरको औषधी किनिसकेका हुन् भने बाँकी औषधी किन्नका लागि बिहीबार सम्ममा ३३ ओटा जिल्ला जनस्वास्थ्य कार्यालयले बोलपत्र आह्वान गरेका छन् । बाँकी जिल्लाले पनि एक हप्ता भित्रमा बोलपत्र आह्वान गरिसक्ने महाशाखाले जनाएको छ ।

केन्द्रमा आपुर्ती महाशाखाले १६ गते नै वोलपत्र आह्वान गरेको हो भने जिल्ला जनस्वास्थ्य कार्यालयहरुले अहिले आह्वान गरिरहेका छन् ।

जनस्वास्थ्य कार्यालयहरु मध्ये सवै भन्दा धेरै काठमाडौंले ७५ लाख र सवै भन्दा थोरै मनाङले १३ लाख रुपैया बराबरको औषधी किन्ने भएका छन् ।

पाँच ओटै क्षेत्रीय निर्देशनालयहरुले पनि एक दुई दिन भित्रमा बोलपत्र आह्वान गरिसक्ने डा दाउदले बताउनुभयो । क्षेत्रीय निर्देशनालय मध्ये धनकुटाले ६० लाख, हेटौंडाले ७५ लाख, पोखराले ६० लाख, सुर्खेतले ५५ लाख र डोटीले ५० लाखको औषधी किन्नका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेका हुन् ।

बोलपत्र आह्वान गरेपछिका वाँकी सवै प्रक्रिया पुरा गर्दा बढीमा २ महिना भित्रमा औषधी ल्याईसकिने निर्देशक डा दाउदले बताउनुभयो ।

मातहतका सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क वितरणका लागि क्षेत्रीय निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयहरुले औषधी खरिद गर्न लागेका हुन् ।

 

यसमा तपाईको प्रतिक्रिया